गृहपृष्ठ एक वर्षमा द रिभर म्यानपावरले ५५४६ कामदार वैदेशिक रोजगारीमा पठायो, दोस्रोमा इन्टरनेशनल म्यानपावर

एक वर्षमा द रिभर म्यानपावरले ५५४६ कामदार वैदेशिक रोजगारीमा पठायो, दोस्रोमा इन्टरनेशनल म्यानपावर

एक वर्षमा द रिभर म्यानपावरले ५५४६ कामदार वैदेशिक रोजगारीमा पठायो, दोस्रोमा इन्टरनेशनल म्यानपावर

गत आर्थिक बर्ष २०७९÷८० मा ८६७ म्यानपावर कम्पनीहरुले कामदार वैदेशिक रोजगारमा पठाएका छन् । यो आर्थिक वर्षमा सबैभन्दा कामदार वैदेशिक रोजगारीमा बत्तीसपुतली गौशाला स्थित द रिभर ओभरसिसले पठाएको विभागको तथ्यांकमा छ ।

गत आर्थिक वर्षमा उक्त म्यानपावर कम्पनीले गत आर्थिक बर्ष ५३१३ जना पुरुष र २३३ महिला कामदार गरि ५५४६ जनालाई वैदेशिक रोजगारमा पठाएको विभागको तथ्यांकमा छ ।

विभागको तथ्यांकमा यो म्यानपावरले खाडीका देश र मलेसियाका स्टार होटल, प्रतिष्ठीत कम्पनीसँगै उद्योगहरुमा कामदार पठाएको थियो । द रिभर म्यानपावरले खाडीका देश फ्रि भिसा र फ्रि टिकटमा कामदार पठाउँदै आएको छ । विभागको तथ्यांकमा फ्रि भिसा र फ्रि टिकटमा कामदार पठाउने म्यानपावर भित्र पर्छ

वैदेशिक रोजगार विभागले तयार पारेको गत वर्ष वैदेशिक रोजगारमा पठाउन अन्तिम श्रम स्वीकृति लिएका कम्पनीको सूचीमा दोश्रो नम्वरमा ललितपुरस्थित इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रालि रहेको छ ।

उक्त म्यानपावर कम्पनीले गत आर्थिक बर्षमा ४८१७ जना पुरुष कामदार र ५१८ जना महिला कामदारलाई वैदेशिक रोजगारमा पठाउन अन्तिम श्रम स्वीकृति पाएको छ । त्यस्तै तेश्रो नम्वरमा सिनामंगल स्थित स्थित निलकमल ह्युमन रिसोर्स प्रालि रहेको छ । उक्त म्यानपावर कम्पनीले गत आर्थिक बर्ष मात्र २६८५ पुरुष कामदार र १५५२ महिला कामदार गरि ४२३७ जनाको अन्तिम श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

गत आर्थिक बर्षको रेकर्ड अनुसार सबैभन्दा बढी महिला कामदार पठाउने म्यानपावर कम्पनी सिनामंगल स्थित स्थित निलकमल ह्युमन रिसोर्स प्रालि १५५२ जना रहेको छ ।

त्यस्तै, महिला कामदार धेरै पठाउनेमा दोश्रो नम्बरमा ललितपुर स्थित एअरकिङ्ग प्लेसमेन्ट प्रालि १०५३ जना पठाएकको छ । त्यस्तै महिला कामदार धेरै पठाउने म्यानपावरहरुको तेश्रो सूचिमा सिनामंगल स्थित सपोर्ट ह्युमन रिसोर्स प्रालि ७४९ जना वेदेशिक रोजगारीमा पठाएको विभागको तथ्यांकमा छ ।

प्रकाशित समय : १६:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु