गृहपृष्ठ कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
कुमारी बैंकको ४ हजार ७१८ कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरिएको छ । यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र बिक्रीखुला गर्दा आवेदन प्राप्त नभएपछि उक्त शेयर सर्वसाधारणमा बिक्री गर्न लागिएको हो ।
बैंकले डिल बहादुर बंशी मगरको नाममा रहेको उक्त शेयर बिक्री गर्न लागेको हो । यो शेयरको मूल्य विक्रेताले तोकेबमोजिम हुने उल्लेख गर्दै कम्पनीले मूल्य भने खुलाएको छैन ।
इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र शेयर खरीदका लागि आवेदन पेस गर्नुपर्नेछ । कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नक्साल, काठमाडौं वा प्रधान कार्यालय टंगाल, काठमाडौंमा आवेदन पेस गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
प्रकाशित समय : १६:२७ बजे


















