गृहपृष्ठ फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफा घट्यो

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफा घट्यो

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफा घट्यो

गत आर्थिक वर्षमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नाफा २३.३९ प्रतिशतले घटेको छ ।

असार मसान्तसम्म कम्पनीको नाफा २३.३९ प्रतिशतले घटेर १९ करोड ६९ लाख ३० हजार रुपैयाँमा सिमित भएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा २५ करोड ७० लाख ५२ हजार रुपैयाँ रहेको थियो ।

असार मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी बढेको भएपनि सञ्चालन नाफामा गिरावट आएको छ । जसका प्रभाव नाफामा देखिएको छ ।

असार मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी १.८७ प्रतिशतले बढेर ४३ करोड ३४ लाख ३४ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २३।४२ प्रतिशतले घटेर २८ करोड ४७ लाख ३४ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको वितरणयोग्य नाफा पनि घटेको छ । अघिल्लो आवमा २१ करोड ९० लाख ३१ हजार रुपैयाँ रहेकामा गत आवको सोही अवधिमा १७ करोड ७१ लाख ७५ हजार रुपैयाँ रहेको छ । गत आवको नाफाबाट सेयरधनीलाई लाभांश दिन सक्ने क्षमता १५।४४ प्रतिशत रहेको छ ।

१ अर्ब १४ करोड ७७ लाख ४५ हजार रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा २५ करोड ३८ लाख ३२ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको खराब कर्जा ०.६६ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १७ रुपैयाँ १६ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ८७ पैसा रहेको छ ।

 

प्रकाशित समय : १६:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु