गृहपृष्ठ बाजुरामा पहिरोबाट १३ परिवार विस्थापित, दर्जनौं घर उच्च जोखिममा
बाजुरामा पहिरोबाट १३ परिवार विस्थापित, दर्जनौं घर उच्च जोखिममा
बाढी र पहिरोका छुट्टाछुट्टै घटनामा बाजुराका १३ परिवार बिस्थापित भएका छन् ।
शुक्रबार आएको बाढी र पहिरोका कारण यहाँका हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार बिस्थापित हुनुका साथै दर्जनौं घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
हिमाली गाउँपालिका–३ युनामा शुक्रबार घरमाथिबाट आएको पहिरोमा परी दीपलाल बुढाको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
पहिरोले घर बगाएपछि तीन जनाको परिवारको बिचल्ली भएको छ । उनीहरुको सुरक्षित बासका लागि वडा अध्यक्षसँग पहल भइरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण सोही वडाका १० घर जोखिममा परेको प्रहरीको भनाइ छ । युनामा रहेको आधारभूत स्वास्थ्यचौकी पनि पहिरोको जोखिममा परेको छ ।
साथै गौमूल गाउँपालिका–३ मा आएको पहिरोमा परी १२ परिवार विस्थापित बनेका छन् ।
प्रकाशित समय : ०९:५५ बजे



















