गृहपृष्ठ काँग्रेसले केन्द्रीय सदस्यलाई गाउँ खटाउँदै, दुई चरणमा चल्नेछ अभियान
काँग्रेसले केन्द्रीय सदस्यलाई गाउँ खटाउँदै, दुई चरणमा चल्नेछ अभियान
पार्टी संगठन सुदृढीकरणका लागि नेपाली काँग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्य खटाउने भएको छ । केन्द्रीय सदस्यलाई दुई चरणमा जिल्लामा खटाउन लागिएको छ।
पार्टी केन्द्रीय समितिको निर्णय अनुसार दुई चरणमा गरिने कार्यक्रम फरक फरक प्रकृति र उद्धेश्यका छन् ।
सांगठनिक सुदृढीकरणका लागि साउन २० देखि ३० गतेसम्मको समय तोकिएको छ । यस अवधि पार्टीको आन्तरिक कार्यमा केन्द्रीय सदस्यहरुले जिम्मेवारी निर्वाह गर्नेछन् ।
पहिलो चरणमा जिल्ला जाने केन्द्रीय सदस्य पूर्ण रुपमा पार्टीको आन्तरिक संरचनाका लागि कार्य गर्नेछन् । उनीहरुले पहिलो चरणमा बैठक बस्न लगाउने, रिपोर्टिङ लिने, सम्मेलन भएको छैन भने मिति तोक्न लगाउने, सम्मेलन भएको रहेछ भने रिपोर्ट दिन लगाउनेलगायतका कार्य गर्नेछन् ।
दोस्रो चरणको अभियान भदौ १० देखि २४ गतेका लागि तोकिएको छ । केन्द्रीय सदस्यहरु समुदायमा जाने र नागरिकसँग प्रत्यक्ष कुराकानी गर्ने र उनीहरुको कुरा सुन्ने काम दोस्रो चरणमा हुनेछ ।
प्रकाशित समय : ०७:०९ बजे



















