global ime bank Long Banner Ad

गृहपृष्ठ हवाई सेवामा लगाएको भ्याट फिर्ताको माग गर्दै रिट दायर

हवाई सेवामा लगाएको भ्याट फिर्ताको माग गर्दै रिट दायर

हवाई सेवामा लगाएको भ्याट फिर्ताको माग गर्दै रिट दायर

नेपालका पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले हवाई सेवामा लगाइएको भ्याट फिर्ताको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा हवाई सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) बढाएका कारण हवाई सेवा थप महँगो हुने भएकाले नाट्टाले भ्याट फिर्ताको माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेको हो ।

हवाई क्षेत्रमा लगाइएको भ्याटले हवाई सेवा महँगो हुने भएकाले सरकारले गरेको प्रावधान सच्याउन पर्यटन व्यवसायीले पटक–पटक माग गर्दा समेत सुनुवाइ नभएकाले न्यायको ढोका ढकढक्याउन बाध्य हुनुपरेको नाट्टाले जनाएको छ ।

प्रकाशित समय : १०:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु