गृहपृष्ठ ट्रेड युनियन काँग्रेसको ताकेता – श्रमिकको न्युनतम पारिश्रमिक तत्काल तोक
ट्रेड युनियन काँग्रेसको ताकेता – श्रमिकको न्युनतम पारिश्रमिक तत्काल तोक
नेपाली ट्रेड युनियन काँग्रेसले श्रमिकको न्युनतम पारिश्रमिक तोक्न सरकारको ध्यानाकर्षण गराएको छ । ट्रेड युनियन काँग्रेसका महासचिव अजय राईद्धारा हस्ताक्षरित शुक्रबार सार्वजनिक विज्ञप्तिमा साउनको दोस्रो हप्तासम्म सरकारबाट श्रमिकको न्युनतम पारिश्रमिक निर्धारण गर्न गम्भीरता नदेखिएको भन्दै तत्काल पारिश्रमिक तोक्न ताकेता गरेको हो ।
यसअघि न्युनतम पारिश्रमिक निर्धारणका लागि पटक–पटक छलफल हुँदा पनि सहमति हुन सकेको थिएन । ट्रेड युनियन काँग्रेसले तत्काल श्रमिकको न्युनतम पारिश्रमिक मासिक २५ हजार तोक्न ताकेता गर्दै आएको छ ।
असार २७ गते देशैभर रहेका सबै सदस्यहरुले प्रधानमन्त्री, श्रममन्त्री र श्रम सचिवलाई एसएमएस र असारढ २८ गते ७७ वटै जिल्ला समितिहरुले प्रमुख जिल्ला अधिकारीमार्फत श्रम मन्त्रीलाई ज्ञापनपत्र बुझाएको राईको विज्ञप्तिमा उल्लेख छ । असार २९ मा साटै प्रदेश समितिले प्रदेश सरकारलाई ज्ञापनपत्र पनि बुझाएको थियो । असार ३१ गते काठमाडौंमा राष्ट्रिय समितिले श्रममन्त्रीलाई ज्ञापन पत्र बुझाएर दबाब दिएको थियो । तर पनि सरकारले कार्यान्वयन गरेको छैन ।
प्रकाशित समय : १०:३६ बजे



















