गृहपृष्ठ आयरल्याण्ड र स्कटल्याण्ड टी–२० विश्वकपमा छनोट
आयरल्याण्ड र स्कटल्याण्ड टी–२० विश्वकपमा छनोट
आयरल्याण्ड र स्कटल्याण्ड अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा आयोजना हुने आईसीसी टी–२० विश्वकपमा छनोट भएका छन् । युरोपियन क्षेत्रको छनोटमा बिहीबार आफू अनुकूल नतिजा आएपछि दुवै टोलीले लिग चरणको अन्तिम खेल अगावै विश्वकपमा स्थान पक्का गरेका हुन् ।
बिहीबार जर्मनी विरुद्धको खेल वर्षाका कारण रद्द भएपछि आयरल्याण्ड विश्वकपमा छनोट हुने १३औं टिम बन्यो । बिहीबारै भएको खेलमा स्कटल्याण्डले डेनमार्कलाई ३३ रनले पराजित गर्दै विश्वकप छनोट हुने १४औं टिम बनेको हो ।
७ टिम सहभागी युरोपियन छनोटमा स्कटल्याण्ड शतप्रतिशत जितसहित १० अंक जोडेर शीर्ष स्थानमा छ । अर्को अपराजित टिम आयरल्याण्ड ९ अंकसहित दोस्रो स्थानमा छ । स्कटल्याण्ड र आयरल्याण्डबीच शुक्रबार हुने खेलले युरोपियन छनोटको विजेताको टुङ्गो लाग्नेछ ।
प्रकाशित समय : ०९:१८ बजे


















