global ime bank Long Banner Ad

गृहपृष्ठ विद्युतीय सवारीप्रतिको आषर्कण, एकै वर्षमा ४ हजार ५० वटा आयात

विद्युतीय सवारीप्रतिको आषर्कण, एकै वर्षमा ४ हजार ५० वटा आयात

विद्युतीय सवारीप्रतिको आषर्कण, एकै वर्षमा ४ हजार ५० वटा आयात

गत आर्थिक वर्ष २०७९/८० मा विद्युतीय सवारी (कार, जीप र भ्यान) गरेर ११ अर्ब ८४ करोड ८ लाख ९५ हजार रुपैयाँ बराबरका ४ हजार ५० वटा विद्युतीय सवारी आयात भएका छन् । अघिल्लो आवको असार मसान्तसम्मको तुलनामा २.२४ गुणाले बढी भएको भन्सार विभागले जनाएको छ । अघिल्लो आवमा कुल ५ अर्ब ३२ करोड ५ लाख ५० हजार रुपैयाँ बराबरको १ हजार ८०७ वटा मात्रै विद्युतीय गाडी नेपाल भित्रिएको विभागको तथ्यांक छ ।

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गाडिको आयातबाट ३ अर्ब ३० करोड ४४ लाख बढी राजश्व उठेको छ । सरकारले चालु आव २०८०/८१ को बजेटमार्फत नै पेट्रोलियम पदार्थमाथिको परनिर्भरता घटाउन विद्युतीय सवारी साधनको उत्पादन र प्रयोगलाई प्रोत्साहित गर्ने योजना सुनाएको छ ।

नेपालमा विश्वका भारत, चीन, कोरिया, अमेरिका र बेलायतबाट विद्युतीय सवारी आयात हुने गरेको छ । ती मुलुकहरुबाट १०० किलोवाटदेखि ३०० किलोवाटसम्मको तौल क्षमताका इभि नेपाल आउने गरेका छन् । विश्व बजारका लोकप्रिय ब्राण्डको विद्युतीय कार, जीप र भ्यानहरु नेपालमा उपलब्ध छन् । नेपालमा महिन्द्रा, किया, टाटा, एमजी, हुण्डाइ र बिवाइडी ब्राण्डको विद्युतीय कारहरु निकै रुचाइने मध्यमा पर्दछन् ।

आम नेपालीमा विद्युतीय सवारीप्रति बढ्दो आकर्षण र यसको माग बढी रहेको अटोमोबाइल्स एशोसिएशनका अध्यक्ष ध्रुप थापा बताउँछन् । ‘नेपाल मात्र नभई विश्वका हरेक मुलुक इभिप्रति आकर्षण छ ।’, थापाले भने, ‘अनुपातको आधारमा दक्षिण एशियामै नेपालमा इभीको माग उच्च रहेको देखिन्छ ।’ नेपालमा इभीको माग उच्च हुनु सकारात्मक पक्ष रहेको थापाको भनाइ छ ।

बजेटमार्फत १०० किलोवाटसम्मको क्षमता भएका विद्युतीय सवारीमा पुरानै दर कायम गरिएको छ । तर, १०० देखि २०० किलोवाट क्षमताका विद्युतीय सवारीमा भने ३० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तःशुल्कको व्यवस्था गरिएको छ । यो भन्सार महसुल मात्रै हो । यस्तै, २०० किलोवाटदेखि ३०० किलोवाटसम्म ४५ प्रतिशत भन्सार र ४५ प्रतिशत अन्तःशुल्क दर तोकिएको छ । ३०० किलोवाटभन्दा माथिका विद्युतीय गाडीमा ६० प्रतिशत भन्सार र ६० प्रतिशत नै अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको छ ।

विद्युतीय सवारीमा आकर्षण बढेपनि पर्याप्त मात्रामा अझै चार्जिङ्ग स्टेशनहरुको व्यवस्था गर्न सकिएको छैन । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी चार्जिङ्ग स्टेशन निर्माण गरिरहेको छ । हाल प्राधिकरणले देशभर ५१ वटा चार्जिङ्ग स्टेशन निर्माण कार्य अघि बढाएको छ । तीमध्ये भरतपुर, खुर्कोट, सिन्धुली, रत्नपार्क, महेन्द्र पुलिस क्लब मुग्लिन, बर्दिवास लगायतका ३२ वटा निर्माण सम्पन्न भएका छन् ।

प्राधिकरणले अब बाँकी स्टेशन पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी थालेको छ । यसका साथै निजी क्षेत्रबाट पनि चार्जिङ्ग स्टेशन निर्माणका भइरहेका छन् । उक्त चार्जिङ्ग स्टेशनहरु सञ्चालनमा आएपछि विद्युतीय सवारी साधानलाई सहजता प्रदान हुने बताइएको छ । चार्जिङ्ग स्टेशन धेरै बनाउन सकेमा इभि सवारी धेरै मात्रामा नेपालमा आउने अध्यक्ष थापाको भनाइ छ । ‘यति कम चार्जिङ्ग स्टेशन हुँदा त यति धेरै गाडी आयात भएको छ’, थापाले भने, ‘यसलाई बढाउने हो भने अझ धेरै विद्युतीय गाडीको माग बढ्छ ।’

प्रकाशित समय : ०९:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु