काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

शपथ खान पुगेका चौधरीको रञ्जिताले पत्र पठाएपछि रोकियो

5.59K
shares

सरकारमा नयाँ मन्त्रीको शपथ ग्रहण कार्यक्रम स्थगित भएको छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेश सरकारमा सामेल नहुने पत्र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई पठाएपछि शपथ रोकिएको हो ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको शपथको लागि पुगेका रामेश्वर चौधरी र राज्यमन्त्रीको शपथको लागि पुगेका कैलाश चौधरीलाई फिर्ता बोलाएको हो ।

नागरिक उन्मुक्ति पार्टीले मन्त्रीको शपथ ग्रहणको लागि तयारी अवस्थामा पुगेका आफ्ना प्रदेश सभा सदस्यलाई फिर्ता बोलाएको छ ।

केन्द्रको निर्णय र सहमति अनुसार सुदूरपश्चिम सरकारमा मन्त्रालयको भागबण्डा नमिलेकोले सरकारमा सहभागी नहुने अध्यक्ष श्रेष्ठले मुख्यमन्त्री शाहलाई पत्राचार गरेर जानकारी दिएकी थिइन् ।

त्यस बेला पनि उन्मुक्ति सरकारमा सामेल भएको थिएन । नागरिक उन्मुक्तिले दुई पूर्ण र राज्यमन्त्रीमा दाबी गर्दै आएको छ । उन्मुक्तिको पत्रले सुदूरपश्चिम मन्त्रिपरिषद् विस्तारको कार्यमा पुनः अन्योल सिर्जना भएको छ । यसअघि जेठमा नै गठबन्धनको भागबण्डामा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय उन्मुक्तिको भागमा परेको थियो ।