पत्रकारमाथि हातपात गर्ने राश्वपा बझाङका जिल्ला संयोजक खड्का निलम्बन
वि.सं.२०८० साउन ९ मंगलवार १७:४९
shares
राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ ।
पत्रकारमाथि हातपात गरेको भनि आएका बझाङ्का सम्वन्धित पार्टी सदस्यलाई सदस्यताबाट निलम्बन गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।
अनुशासन समितिले थप अनुसन्धान गर्ने र कारवाही हुने उनको भनाइ छ । जिल्ला संयोजक खड्काले पत्रकार महासंघ बझाङका सदस्य सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेको थियो ।

























