काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रसाईले भनेजस्तै मारवाडीले नेपालको अर्थतन्त्र नाजुक बनाउँदै छन् त ?

43.43K
shares

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ संयोजक दुर्गा प्रसाईले मारवाडीका कारण देशको अर्थतन्त्र नाजुक हुँदै गाएको आरोप लगाए । उनले केही समिति व्यापारी र मारवाडीले नेपालको आर्थिक क्षेत्र कब्जा गरिरहेको र यसमा राजनीतिक दलको पनि संरक्षण रहेको औंल्याएका छन् ।

प्रसाईले गत चैतमा सुन तस्करीको ठुलो सञ्जाल हङकङमा भएको र त्यहाँ मारवाडीको संलग्नता रहेको समेत बताएका थिए । प्रसाई ५ महिना अगाडी भनेको जस्तै, केही मारवाडीको संलग्नतामा तस्करीले हङकङमा कार्यालय खोलेको प्रहरी पत्ता लगाएको छ ।

प्रसाईले नेपाली जनतासँग बैंक वित्तिय र सहकारी खोलेर उठाएको पैशा मारवाडीले दैनिक विदेशतिर लैजाने गरेको र त्यसको प्रभाव नेपालमा परिरहेको बताए । ‘नेपालमा पैशा जम्मा गर्ने अनि त्यो पैशा भारत, यूएई, हङकङ सिंगापुर र अन्य देशका बैंकमा लागेर मारवाडीहरुले लुकाइरहेका छन् । यो विषयमा सरकार जानकार छ । तर, बुझ पच्चाएर बसेको छ ।’ उनले भने, ‘नेपाली जनतालाई झुक्याएर पैशा जम्मा गर्ने, त्यही पैशा ऋणमा दिएर तीनै जनताको सम्पति मारवाडीले लुटिरहेका छन् । यो रमिता हामी नेपाली कति समय हेर्ने हो ? ।’

नेपालको कृषि कर्जा, बैंकिङ कर्जा, बैंकमा भएको बचत पैशा र नेपालीको सम्पति सबै मारवाडीले कब्जा गरी आर्थिक संकट सिर्जना गर्ने लक्ष्यका साथ काम गरिरहेको आरोप लगाएका छन् ।

५५ जना व्यपारी र १० जना नेताहरु मिलेर यो बैंकलाई कब्जा गरेका छन् । सबै लघुवित्त, सहकारी बैंक र ईन्स्योरेन्स राज्यको हुनुपर्ने र राज्यले नै नियमन गर्नुपर्ने उनको महाअभियानका माग छ ।

चर्को व्याजदरकाले गर्दा व्यावसायी ताथ आम नागरिकले दुःख पाएको भन्दै लघुवित्त, सहकारि,माईक्रो फाईनन्स ,फाईनन्स,डेभलपमेन्ट बैंक,बैंक, ईन्स्योरेन्स ,रि ईन्स्योरेन्स यो ८ वटा कम्पनी ५५ जना व्यपारी र १० जना नेताको हातमा छ । जबकि लघुवित्त, सहकारि, बैंक र ईन्स्योरेन्स भनेको राज्यको हुनुपर्ने उनको सुझाव छ ।

उनले गत फागुनदेखि ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ गदै आएका छन् ।

सुन तस्करीको कार्यालय हङकङमा

गत बुधबार मात्रै राजस्व अनुसन्धान विभागले भन्सार क्षेत्रभन्दा बाहिर सिनामंगलबाट करिब १ सय किलो सुन बरामद गरेको थियो । यो रेडी ट्रेड नामको कम्पनीले तस्करी गरेको थियो ।

नेपालमा तीन महिनाअघि खुलेको रेडी ट्रेड नामको कम्पनीले २२ पटकभन्दा बढी मोटरसाइकलको ‘ब्रेक सु’मा आयात गर्दा त्यसमा सुन लुकाएर ल्याएको अनुमान गरिएको छ ।

नेपाल र भारतका सुन कारोबारी मिलेर हङकङमा कार्यालय सञ्चालन गरेको गृहमन्त्रालयले तथ्य पत्ता लगाएको छ । सुन कारोबारीले चिनियाँ सहयोग राखी सुन तस्करी गर्न हङकङमा कार्यालय खोलेको पाइएको छ ।

हाल सुन तस्करीमा नाम जोडिएका केही व्यक्ति र नयाँ व्यापारीहरू मिलेर हङकङमा कार्यालय नै सञ्चालन गरेर सुन तस्करी भइरहेको गृह मन्त्रालय स्रोत बताएको छ ।

हङकङमा कार्यालय रहेका सुन कारोबारीहरूमा मोहन अग्रवाल, किसन अग्रवाल, महावीरप्रसाद गोल्यान, राजेन्द्र शाक्य, विमल पोद्दार, राजकुमार दारुका, सञ्जय खेतान, मुरारीलाल गोयल, बालकृष्ण अग्रवाल, सत्यनारायण सोनी, विनोदकुमार सोनी सुमन अग्रवाल रहेको गृहमन्त्रालय स्रोतले जनाएको छ ।

यी व्यक्ति तथा व्यापारीले चिनियाँ नागरिकलाई एजेन्ट राखेर नेपालको बाटो हुँदै भारततर्फ सुन पठाउने गरेको समेत राजश्व विभागको अध्ययनबाट तथ्य खुलेको हो ।

मुरारीलाल गोयलको दरबारमार्गमा सुन पसल थियो भने शाक्यको न्युरोडमा पसल छ । अन्य व्यापारीहरूले आफैं लगानी पनि गर्ने र कतिपय सन्दर्भमा भारतीय व्यापारीहरूलाई सहजीकरण पनि गरिदिने गरेका छन् । उनीहरूको नेपाल र भारतमा पनि सुनको कारोबार रहेको छ ।