काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हर्कको धार्मिक हर्कत : हाई–हाई गर्ने नै आक्रोशित

21K
shares

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको फेसबुक पेजमा ‘साह्रै धेरै निहुँ खोजे अर्कै कुरा आउँछ है । आदिमबासी मूलबासीहरूसँग निहुँ नखोजेको राम्रो । योभन्दा बढी बोलिनँ’ भन्दै फेसबुक स्टाटस दैनिक आउने गरेका छन् । उनले हालै लेखेको अर्को फेसबुक स्टाटस ‘त्यस्तै नमस्कार पनि हिन्दुको सम्बोधन भएकोले अबदेखि सेवा भनुँ त ? भन्ने प्रश्न पनि गरेका छन् ।

उनले थप लेखेका छन्, ‘इसाईहरू बढ्नुको कारण खोज्नु भन्दै जातीय विभेद पालेर बस्ने धर्म र वर्ण व्यवस्था भएको धर्ममा छ ?’ भनेका छन् । यो उनले जिम्मेवारी बाहिर गएर बोलेको भन्दै धरानमा विरोध भइरहेको छ ।

यस्तै, यसअघि पनि नगरप्रमुख राईले तिहारमा लक्ष्मीपूजा गर्नुको सट्टा श्रमदान गर्न आग्रह गरेका थिए । त्यस्तै क्रिसमसका दिन कार्यकक्षमै केक काटेर मनाएको विषय पनि आलोचित भएको थियो ।
मेयर हर्कको एकपछि अर्को स्टाटस लेख्दै हिन्दू धर्मलाई लाञ्छित गर्न थालेपछि उनको चौतर्फी आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा उनको लोकप्रिय छवि एकाएक घट्दै गएको पाइन्छ ।
धरान उपमहानगरपालिकाका मेयर साम्पाङसँग अहिले धरानबासी आक्रोशित छन् । उनी अहिले चर्च निर्माणको विषयलाई लिएर विवादमा तानिएका छन् ।

जातीय वा धार्मिक द्वन्द्वका बाछिटाहरुहरु निकै विभत्स, पीडादायी र दीर्घकालीन हुन सक्ने धरानबासीको अनुमान छ । भने, यो विषयमा धरानबासीहरु सचेत पनि देखिन्छन् । हालै छिमेकी देश भारतको मणिपुरका आततायी घटनाहरु नेपालीहरुले पनि पढिरहेका छन् भने, छिमेकी भएका नाता अहिले सुनिरहेका छन् ।

नेपाल विगतमा ‘हिन्दू राष्ट्र’ हुँदाखेरी पनि धर्मावलम्बीले थिचोमिचोको महसुस थिएन । राजतन्त्र हुँदा समेत नेपालमा धार्मिक सामनता थियो ।

६ वर्षयता झन् देश धर्मनिरपेक्ष छ । राज्यका लागि सबै धर्म समान छन् । आफूले चाहेको धर्म रोज्न कसैलाई बन्देज थिएन । आफूले चाहेको धर्म रोज्न कसैलाई बन्देज थिएन । आफूले चाहेको धर्म रोज्न कसैलाई बन्देज छैन ।

विवादको कारण

कतिपयले भने उनको अभिव्यक्तिलाई सही पनि भनेका छन् । उनी विवादित बन्नुको मुख्य कारण भने धरान उपमहानगरपालिका–१४ नम्बर वडास्थित सिंहदेवी मन्दिरभन्दा केही माथि निर्माणाधीन चर्चलाई लिएर भएको हो ।

बालगोपाल मन्दिरअगाडि नै चर्च निर्माण भएपछि हिन्दु अभियन्ताहरूले त्यसको विरोध गर्दै नगरप्रमुख राईलाई ध्यानाकर्षण गराएका थिए ।

चर्च निर्माण गर्ने पक्षले पनि नगरप्रमुखलाई ज्ञापन–पत्र बुझाएको थियो । त्यसपछि आफ्नै कार्यकक्षमा दुवै समूहलाई राखी छलफल गराउँदा निष्कर्षविहीन बनेको थियो ।

‘कम्तिमा धर्म र जात जस्ता संवेदनशील विषयहरुमा उनले हचुवा र अनर्गल अभिव्यक्ति नदिऊन् ।’ साम्पाङलाई अझै पनि समय छ, सच्चिने भन्दै फसेबुकमा स्टाटसमार्फत सर्वसाधारणले सुझाव दिइरहेका छन् ।

चर्च निर्माणको काम रोक्न माग राख्दै स्थानीयवासीहरुले गदै आएका छन् । ख्रिस्चियन समाजको तर्फबाट अर्को काउन्टर ज्ञापनपत्र मेयरसमक्ष प्रस्तुत भयो । दुवै ज्ञापनपत्र बुझेपछि साम्पाङले आफूभन्दा माथिल्लो निकायबाट मात्रै यो विषयको निरुपण हुने बताएका थिए ।

साम्पाङ स्वयम् क्रिस्चियन धर्मका प्रचारक रहेको अरोप पनि सामाजिक सञ्जालमा छ । तर, यो उनको व्यक्तिगत मामला हो । आफूले चाहेको धर्म रोज्ने हक हरेक नागरिकलाई छ । तरm, धर्मका नाममा सामाजिक सदभाव विथोल्न भने नपाइने धरानबासीको माग छ ।

पुराना स्टाटस र ध्वाँस

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो पछिल्लो अभिव्यक्तिका कारण धरानका नगरप्रमुख साम्पाङ आफै विवादमा फसेका छन् ।

पछिल्लो समय उनले विगतमा गरेका गतिविधिहरू सामाजिक सञ्जालमा छरपष्ट रूपमा आएपछि जवाफी अभिव्यक्ति दिँदा उनी विवादित बनेका हुन् ।

गत शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेज ‘हर्क साम्पाङ अ रिभोलुसन’ मा विभिन्न फरक–फरक विषयमा आफ्नो धारणा सार्वजनिक गरेपछि विवादित बनेका हुन् ।

यसअघि धर्मको विषयमा आफू संवेदनशील भएकाले केही कुरा पनि नबोल्ने भन्दै मौनता साधेका थिए ।

अहिले हर्कले विगतमा लेखेका पुराना फेसबुक स्टाटसहरु पनि उत्खनन् गरेर धरानबासी विरोध गर्न थालेका छन् । यो विषयमा उनले सार्वजनिक रुपमा प्रष्टीकरण दिएका छैनन् । बरु आफूमाथि प्रश्न उठाउने जति सबैलाई ‘झोले, फाल्नो जातको’ भन्दै उल्टो विभिन्न ध्वाँस दिइरहेका छन् ।

विगतका उनका स्टाटसहरुमा अभिव्यक्त विचार र अहिले दिएको ध्वाँस सार्वजनिक पदमा बस्ने योग्य व्यक्ति हुन् भन्ने प्रश्न उठेको छ । अहिले धरानवासीहरुले यही प्रश्न उठाउन थालेका छन् ।
त्यसक्रममा हिन्दु पक्षले सामाजिक सद्भाव बिथोल्ने प्रयास गरेकाले चर्च हटाउनु पर्ने माग राख्दै आएको छ । भने, अर्को पक्षले सामाजिक सद्भाव कायम हुने बताउँदै आइरहेको छ ।

उक्त केट काटेको विषयको छोटो क्लिप सामाजिक सञ्जालमै बाहिरिएको थियो । त्यसक्रममा पनि उनी आलोचित भएका थिए ।

स्थानीयको आक्रोशलाई शान्त गर्न मेयर साम्पाङले सन्तुलनकारी भूमिका नखेलेको बोरु उपमहानगरकै न्यायिक समितिको जिम्मा लगाएर आफू मौन नभइ आक्रोश पोखिरहेको धरानबासीको आरोप छ ।