काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उच्च अंकमा पुगेको सुनको मूल्य घट्यो

7.22K
shares

बिहिबार उच्च विन्दुमा पुगेको सुनको मूल्य आज (साउन ५ गते) भने ८०० रुपैयाँले घटेको छ । चाँदीको भाउ पनि यस दिन घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार २५० रुपैयाँमा झरेको छ ।

बिहीबार भने सुनको भाउमा नयाँ रेकर्ड कायम भएको थियो । हिजो सुन तोलामा ५०० रुपैयाँले वृद्धि हुँदा प्रतितोला एक लाख १३ हजार ६०० रुपैयाँ पुगेको थियो ।

शुक्रबार चाँदी पनि ओरालो लागेको छ । यस दिन चाँदी प्रतितोला १५ रुपैयाँले घटेर एक हजार ४८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबार दिन भने चाँदीको मूल्य वृद्धि भएको थियो ।

हिजो चाँदी प्रतितोला पाँच रुपैयाँले सस्तिदा एक हजार ४९५ रुपैयाँमा किनबेच भएको थियो ।