दुई दिनमा १०९ अर्ब बाहिरियो, ७ खर्ब कर्जा लगानी घट्यो
वि.सं.२०८० साउन ५ शुक्रवार १२:३७
shares

राष्ट्र बैंकले एकदिनमै ८५ अर्ब रुपैयाँ निक्षेप बैंकिङ्ग प्रणालीबाट पैशा बाहिरिएको जनाएको छ । हाल बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४८ खर्ब ६७ अर्ब रुपैयाँ कायम भएको छ ।
पछिल्लो दुई दिनमा बैंकिङ प्रणालीबाट १०९ अर्ब रुपैयाँ बाहिरिएको छ। आर्थिक वर्ष २०८०/८१ पहिलो र दोस्रो दिनमा प्रणालीबाट १०९ अर्ब रुपैयाँ बाहिरिएको छ ।
गत आर्थिक वर्षको अन्तिम दिन प्रणालीमा ५७ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप थियो। जुन नयाँ आर्थिक वर्ष पहिलो दिन ९साउन १ गते २४ अर्ब र दोस्रो दिन ८५ अर्ब बाहिरिएको छ ।
अर्थ मन्त्रालयले स्थानीय तहको खातामा रहेको रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेपछि बैंकहरुबाट दुई दिनमा निक्षेप उल्लेख्य मात्रामा घटेको हो ।
यसअघि सरकारले स्थानीय तहको खातामा रहेको रकमको ५० प्रतिशत निक्षेपमा गणना गर्न पाउने सुविधा दिएकोमा पछि सीमा बढाएर ८० प्रतिशत बनाइएको थियो ।
यस्तै, सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी पनि घटेको छ । एक दिनमै बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी ७ खर्ब रुपैयाँले घटेको हो । बैंकिङ्ग प्रणालीबाट एकैदिन पौने खर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ।
साउन १ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुमा ५७ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । तर, त्यसको भोलिपल्टै अर्थात साउन २ गते सोमबारसम्म आईपुग्दा भने घटेर ५६ खर्ब ५८ अर्ब रुपैयाँ कायम भएको छ ।
साथै, राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुबाट मात्रै ८१ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । सोमबारसम्म आईपुग्दा बाणिज्य बैंकहरुको निक्षेप ४९ खर्ब ८१ अर्ब रुपैयाँ कायम भएको छ । तर, साउन १ गते आइतबारसम्ममा भने बैंकहरुमा ५० खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।
समिक्षा अवधिमा वाणिज्य बैंकहरुको ऋण लगानी मात्रै ६ अर्बले घटेको हो । गत आइतबारसम्म बैंकहरुले ४३ खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर, सोमबार भने घटेर ४३ खर्ब ६ अर्ब रुपैयाँ कायम भएको छ ।
बैंकहरु कर्जा प्रवाह गर्ने मामिलामा सहज अवस्थामा देखिन्छन् । बैंकहरुले सीडी रेसीयो ९० प्रतिशतसम्म कायम गर्ने गरि कर्जा प्रवाह गर्न पाउछन् । तर, अहिले बैंकहरुको सीडी रेसियो ८३ प्रतिशत भन्दा पनि कम छ । बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी) रेसियो पनि बढेको छ । गत आइतबारको तुलनामा सोमबार भने सीडी रेसियो बढेको हो । एकैदिन १ दशमलव शुन्य आठ प्रतिशतले बढेर ८२.९९ प्रतिशत पुगेको छ ।
अन्तर बैंक ब्याजदर ५.९८ बढयो
एकैदिन निक्षेप ठुलो मात्रमा बाहिरिएपछि यस्तो ब्याजदर बढेको हो । केही दिनअघि बैंकहरुमा तरलता बढ्दै गएपछि अन्तर बैंक ब्याजदर घट्दै गएको थियो । तरलता सहज हुँदैगएपछि यस्तो ब्याजदर केही दिन १ प्रतिशतभन्दा तल नै झरेको थियो ।
बैंकहरुबीच आन्तरिक रुपमा हुने कारोबार अर्थात अन्तर सापटी ब्याजदर पनि फेर बढेको छ । समिक्षा अवधिमा अन्तर बैंक ब्याजदर पनि ह्वात्तै बढेको हो ।
यस्तो ब्याजदर एकैदिन ५.९८ प्रतिशतले वृद्धि भएको छ । गत आइतबारसम्ममा ०.५३ प्रतिशत रहेको यस्तो ब्याजदर सोमबार भने ६.५१ प्रतिशत पुगेको छ । तर, फेरि बढ्न थालेको तथ्याङ्कले देखाउँछ ।

























