गृहपृष्ठ शेयर बजारमा सामान्य सुधार, ३ अर्बमाथिको कारोबार

शेयर बजारमा सामान्य सुधार, ३ अर्बमाथिको कारोबार

शेयर बजारमा सामान्य सुधार, ३ अर्बमाथिको कारोबार

साताको कारोबारको चौथो दिन शेयर बजारमा ११ अंकको सुधार आएको छ । आज ११ दशमलव १७ अंकले सुधारभएको शेयर बजार परिसूचक २१६५ दशमलव २४ विन्दुमा पुगेको छ ।

बुधबार २६० कम्पनीका ८६ लाख ७४ हजार १०९ कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब ३४ करोड ८६ लाख ६९ हजार ९०० रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज ३ दशमलव ३३ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ४१० दशमलव ४६ विन्दुमा पुगेको छ ।

आज सर्वाधिक कमाउनेमा बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दै प्रति शेयर मुल्य १ हजार ४९० रुपैयाँ कायम भएको छ ।

साथै आज, विशाल बजार कम्पनी लिमिटेडको शेयर ७ दशमलव १६ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ३ हजार ७२९ रुपैयाँ कायम भएको छ । यसैगरी युनाइटेड अजोडको शेयर ६ दशमलव ५५ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ६३१ रुपैयाँ कायम भएको छ ।

प्रकाशित समय : १५:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु