nmb bank

गृहपृष्ठ नागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल वितरण

नागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल वितरण

नागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल वितरण

नागरिक लगानी कोषले अगाडि बढाएका विभिन्न वचत कार्यक्रमका सहभागीलाई नियमित ब्याजमा अत्तिरिक्त एक दशमलव पाँच प्रतिशत थप प्रतिफल दिने भएको छ ।

कोष सञ्चालक समितिले व्यवस्थापनको राय सिफारिश अनुसार उक्त निर्णय गरेको हो । आर्थिक वर्ष २०७८–७९ को अन्तसम्ममा कोष मौज्दात रकम रहेका सहभागीलाई सोही आर्थिक वर्षको चैत मसान्तसम्मको मौज्दातमा उक्त प्रतिफल दिने निर्णय भएको हो । यसभन्दा अघि पनि कोषले एक दशमलव पाँच प्रतिशत थप प्रतिफल दिएको थियो ।

यसरी प्रतिफल वितरण गर्दा कोषले सञ्चालन गरेका सातवटा वचत कार्यक्रमध्ये कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागिका लागि एक अर्ब ८१ करोड रुपैयाँ खर्च हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए। अन्य छ कोषमा पनि यही कोषको आधारमा थप प्रतिफल वितरण गर्ने प्रक्रिया अगाडि बढेको उनले बताए ।

प्रकाशित समय : १६:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु