समाजवादी मोर्चाका तीन गन्तव्य
वि.सं.२०८० असार ३१ आइतवार ०७:१४
shares

समाजवादी मोर्चाले तीन गन्तव्य तय गरेको छ ।
नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा आवद्ध मोर्चाको शनिबार बसेको बैठकले तीन गन्तव्य तय गरेको छ ।
बैठकले चार/चार महिनामा नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको छ । यसअघि उसले ६/६ महिनामा नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको थियो। मोर्चाको अध्यक्षता अहिले नेकपा समाजवादी एकीकृतका अध्यक्ष माधवकुमार नेपालले गरिरहेका छन् ।
समाजवादी मोर्चाको नेतृत्व आलोपालो प्रणालीअनुसार हुनेछ।
बैठकले जिल्ला तहसम्म संरचना बनाउने निर्णय गरेको छ । बैठकले साउनको १२ गतेपछि सातै प्रदेशमा मोर्चाको आवश्यकता र औचित्य बुझाउने गरी भेला गर्ने निर्णय गरेको छ ।

























