nmb bank

गृहपृष्ठ सुदूरपश्चिम प्रदेशको बजेट बहुमतले पारित

सुदूरपश्चिम प्रदेशको बजेट बहुमतले पारित

सुदूरपश्चिम प्रदेशको बजेट बहुमतले पारित

सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०८०/०८१ को बजेट बहुमतले पारित भएको छ । शनिबार राति बसेको सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनको २१ औं बैठकबाट बजेट पारित भएको हो ।

स्वतन्त्र सांसद र एमालेको अनुपस्थिति तथा राप्रपाको सहभागितामा सुदूरपश्चिम प्रदेश सभाबाट आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि तयार पारेको बजेट पारित भएको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको कुल बजेट २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार रुपैयाँ बजेट ल्याएको छ ।

प्रकाशित समय : ०६:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु