काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आजदेखि भारी बर्षाको सम्भावना

6.95K
shares

आज आइतबारदेखि भारी बर्षा हुने भएको छ । हाल देशमा मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही, कोशी, बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको र अझै बर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार तुलनात्मकरूपमा आगामी सोमबार र मङ्गलबार बढी मनसुनी वर्षा हुनेछ । पछिल्ला दिनमा निरन्तर वर्षा भइरहे पनि शनिबारदेखि केही मात्रामा कम वर्षा भएको छ । शनिबार राति पनि भारी वर्षाको सम्भावना छैन ।

सङ्घीय राजधानी काठमाडौँमा आइतबार आइतबार दिउँसो मध्यम वर्षाको अनुमान गरिएको छ ।