काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विज्ञापन र पैशा नदिँदा चरित्रहत्या गर्नतिर केही सञ्चारगृह लागेको व्यवसायी प्रसाईको आरोप

88.43K
shares

मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ संयोजक दुर्गा प्रसाईले विगत केही महिनायता सञ्चारगृहले विज्ञापन र पैशा लागि बाग्रेनिङ गरेर दुःख दिइरहेको बताएका छन् ।

पछिल्लो समय विज्ञापन माग्ने, आर्थिक सहयोग माग्ने र सहयोग गदिँन भन्दा आफनो व्यवसायसँग चरित्रहत्या गर्नतिर केही सञ्चारगृह लागेको प्रसाईले जानकारी दिए ।
केही सञ्चारगृहले सिधै व्यवसायलाई असर पर्ने गरी झुटो समाचार छापेर दुःख दिनेृ गरेको र त्यसको बारेमा जानकारी लिँदा तथ्य समेत नहुने गरेको प्रसाई बताउँछन् ।

पत्रकारितामा व्यावसायिकता भन्ने कुरा धेरै महत्वपूर्ण कुरा हो । तर, व्यावसायिकता नहुँदासम्म खासमा पत्रकारिता नै हुँदैन भन्ने आफनो मान्यता रहेको र पत्रकारिताको आचारसंहिता बाहिर गएर केही सञ्चारगृहले मर्यादाविपरित आफुमाथि खनिएको प्रसाईले बताए । ‘पत्रकारिताका आफ्नै विश्वव्यापी मान्यताहरू छन् । व्यावसायिक नैतिकताका विषय छन् । आचारसंहिता छन् । स्वतन्त्र लाग्ने तर धेरैतिर सोचेर र त्यसको प्रभाव मुल्यांकन गरेर मात्र अगाडि बढ्नुपर्ने पेशा पत्रकारिता हो । पत्रकारिता र यो क्षेत्रलाई आफुले जहिले सम्मान गदै आएको छु ।’ उनले भने, ‘सञ्चारगृहले विज्ञापन र पैशाका लागि गरेको बाग्रेनिङ प्रमाण भएको र आवश्यक परेर देखाउने छु । सरकारले बनाएको नियमअनुसा सञ्चारमाध्यमलाई विज्ञापन दिदै आएको र केही सञ्चारमाध्यम विज्ञापन दिन नसक्दा बाग्रेनिङ गर्न थालेका छन् । यो पत्रकारिताको विकृत्ति हो ।’

एकातिर सरकारले व्यवसाय गर्ने वाताववरण बिग्रादैँ छ भने, अर्कोतिर बैकले कर्जाका नाममा व्यवसायीलाई त्रास र केही सञ्चारगृहले विज्ञापनसँगै पैशा नपाए व्यवसायी अथवा व्यवसायमा संलग्न व्यक्तिको चरित्रहत्या गर्ने काम गरेको उनको आरोप छ ।

मिडिया समय र प्रविधि अनुकुल रुपान्तरण गर्ने विषय पनि हो । तर, पछिल्लो समय कतिपय मिडिया सञ्चालकले सञ्चारको मर्यादा नै बिर्सिएर बाग्रेनिङ गर्न थालेको र त्यसको असर व्यवसायीसँग व्यक्तिगत जिवनमा पनि पर्न थालेको उनको गुनासो छ ।

पछिल्लो समय मिडियाको बाग्रेनिङ बारेमा आफुले सामाजिक सञ्जालबाट जानकारी गराएको उनको भनाइ छ ।