global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ भक्तपुर घुमौं र एक रात बिताएर फर्कौ

भक्तपुर घुमौं र एक रात बिताएर फर्कौ

भक्तपुर घुमौं र एक रात बिताएर फर्कौ

पर्यटकीय हिसाबले भक्तपुर काठमाडौंसँगैको सुगम गन्तव्यस्थल हो । यो जिल्लामा पर्यटीय सम्भावना प्रचुर भएपनि भनेजस्तो पर्यटकको आगमन हुन सकेको छैन । तर, पछिल्लो समय भक्तपुरमै बस्ने पर्यटकको संख्या बढ्दै गएको र यसलाई व्यवस्थित बनाउन क्षेत्रीय होटल संघ भक्तपुरले विभिन्न कार्यक्रम ल्याएको छ ।

हानले उपत्यकाको कला र संस्कृतिमा अभिन्न छ भक्तपुर। यहाँ घुम्न आउँदा पर्यटकले कहाँ–कहाँ जाने र के–के हेर्ने भन्ने जानकारी सजिलोगरी दिलाउन पुस्तक सार्वजनिक गरेको हो ।

सन् २०२५ लक्षित विशेष भ्रमण वर्षका लागि भक्तपुरमा नयाँ हाइ इन्ड होटल–रिसोर्ट सञ्चालनमा आइसकेको क्षेत्रीय होटल संघ भक्तपुर अध्यक्ष सत्यराम सुवालले पुस्तक सार्वजनिक कार्यक्तम बताए ।

पर्यटकीय हिसाबले भक्तपुर काठमाडौंसँगैको सुगम गन्तव्य हो । अब उपत्यका घुम्न आएका पर्यटकलाई भक्तपुरमा एक रात बस्ने वातावरण बनाउने गरी काम भइरहेको उनले जानकारी दिए । नयाँ प्याकेज सिर्जनाका लागि हामीले भक्तपुरको पहिचान र आइटिनररी जानकारी दिने उद्देश्यले पुस्तक सार्वजनिक गरेको उनको भनाइ ।

भक्तपुरको डोलेश्वर महादेवको मन्दिर, दरबार स्क्वायर, चाँगु नारायण, नगरकोट, रानीकोट, पाइलट बाबा, सूर्यविनायक लगायत विभिन्न क्षेत्र पर्यटकका लागि आकर्षकको केन्द्रविन्दु बनाउन योजना हानले भक्तपुरले सुरु गरेको छ ।

ब्रेथ टेकिङ भक्तपुर’ किताबले भक्तपुरका पर्यटक क्षेत्रलाई सहज बनाउने होटल संघ नेपाल संघ अध्यक्ष विनायक शाहले जानकारी दिए । पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै उनले ‘ब्रेथ टेकिङ भक्तपुर’ पुस्तक क्युआरमार्फत अनलाइनमा पनि पढ्न सकिन्छ र भक्तपुर पर्यटन प्रवर्द्धनका लागि विभिन्न होटलसँगको सहकार्यमा आकर्षक प्याकेज तयारी सुरु गरि सकिएकोे बताएका छन् ।
पर्यटनका लागि मुख्य क्षेत्र

भक्तपुर दरबार स्क्वायर

भक्तपुर नगरपालिका (‘ख्वप’)मा अवस्थित भक्तपुर दरबार क्षेत्र भक्तपुरका राजाहरूको प्राचीन राजदरबार हो ।

युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाका तीन सांस्कृतिक सम्पदामध्ये एक भक्तपुर दरबार प्राचीन मल्ल राजाहरूको शासनको केन्द्र थियो । भक्तपुर दरबार क्षेत्र ऐतिहासिक, सांस्कृतिक, प्राचीन शिल्पकला र हस्तकलाको लागि प्रसिद्ध मानिन्छ ।

दरबार परिसरमा चार वटा छुट्टै क्षेत्र(दरबार क्षेत्र, टौमधी क्षेत्र, दत्तात्रय क्षेत्र र पोटरी क्षेत्र) रहेको भएता पनि यसलाई अनौपचारिक रूपमा भक्तपुर दरबार क्षेत्र भन्ने गरिएको छ ।

पचपन्न झ्याले दरबारको निर्माण राजा भूपतीन्द्र मल्लले आफ्नो शासनकालमा सुरु गरेका थिए भने उक्त दरबारको निर्माण सम्पन्न उनको छोरा रणजीत मल्लको शासनकालमा नेपाल संवत् ८२८ (विक्रम संवत् १७६५) मा भएको थियो ।

वत्सला मन्दिरलाई अन्नपूर्ण पनि भनिन्छ । ठुलो घण्टीको लागि लोकप्रिय र प्रसिद्ध रहेको यस मन्दिरको मुख्य देवीको रूपमा वत्सला देवी रहेकी छिन् ।

भक्तपुर दरबार स्क्वायरमा मुख्य आकर्षणहरू पचपन्न झ्याले दरबार, वत्सला देवी मन्दिर, गोल्डेन गेट, मिनी पशुपति मन्दिर, पाँच तल्ले मन्दिर र भैरवनाथ मन्दिरलगायत हुन् । यसै क्षेत्रमा अवस्थित ऐतिहासिक सम्पदा वत्सला देवी मन्दिर ढुङ्गाको उत्कृष्ट कलाकृति नमुना हो ।

भक्तपुर दरबार स्क्वायरको स्थापना मल्लकालीन राजा भुपतिन्द्र मल्लले १७ औँ शताब्दीमा गरेका थिए । भक्तपुर दरबार स्क्वायरलाई मध्ययुगीन कला र वास्तुकलाको सङ्ग्रहालयको रूपमा पनि चिनिन्छ ।

प्राचीन मूर्तिकला, मठ मन्दिर र हस्तकलाको नमुना भक्तपुर दरबार स्क्वायर काठमाण्डौँकै सबैभन्दा आकर्षक वास्तु शैली भएको उत्कृष्ट धरोहर हो ।

भक्तपुर दरबार स्क्वायर नेपालमा रहेका १० वटा विश्व सम्पदाहरू मध्ये एक हो । यस दरबारले नेपाली मौलिक सांस्कृतिक र ऐतिहासिक महत्त्व बोक्नुका साथै प्राचीन कला संस्कृति, वास्तुकला र पुरातत्त्व झल्काउँदछ । भक्तपुर दरबार स्क्वायर काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै भ्रमण गरिने दरबार स्क्वायर हो ।

यो काठमाडौँ उपत्यकामा रहेका तीन वटै दरबार क्षेत्रहरूमा सबैभन्दा बढी मानिसहरूद्वारा अवलोकन गरिने दरबार क्षेत्र हो ।

भक्तपुर दरबार स्क्वायर पर्यटन गन्तव्य भएपनिज यो क्षेत्रमा भनेजस्तो पर्यटक तान्न नसकेको हानले बताएको छ । आगामी दिनमा यो क्षेत्रलाई विषेश पर्यटनस्थल बनाउन हानको योजना छ ।

डोलेश्वर महादेव मन्दिर

काठमाडौं उपत्यका भक्तपुर नगरको आग्नेय कोणमा रहेको श्री डोलेश्वर महादेवलाई नेपाल भाषा (नेवारी) मा ‘सिपारे माद्यो’ भनिन्छ । डोलेश्वर महादेवको नाम भौगोलिक अवस्थाअनुसार नामाकरण भएको अनुमान गर्न सकिन्छ । डोलेश्वर पर्वत शृङ्खलाको दक्षिण भागमा डोल परेको पहाडमा काखमा रहेको यो शिवलिङ्गलाई प्राचीनकालमा कुन नामले पुकारिन्थ्यो भन्ने कुरा अनुमान गर्न सकिँदैन ।

नेपाल भाषामा शिवलिङ्गलाई ‘सी’ भन्ने गरिन्छ । त्यसैबाट ‘सिपारे माद्यो’ भन्ने गरिएबाट डोलेश्वर र सिपारेको आ–आफ्नो भाषाद्वारा सम्बोधन भएको देखिन्छ ।

यो शिवलिङ्गको उत्पत्ति द्वापरयुगको अन्त्य र कलियुगको प्रारम्भकालमा भएको हुँदा र महाभारतका पाण्डवहरूले समेत तीर्थाटन गरिएको यो शिवलिङ्गको नाम श्रीकेदारनाथजी नामसँग मिल्ने नाम हुनसक्थ्यो भनेर अनुमान गर्न सकिन्छ । यस डोलेश्वर महादेवलाई हिमवत्खण्डमा विमलेश्वर भनी उल्लेख गरेको पाइन्छ ।

कालान्तरमा यो शिवालयको नाम ‘डोलेश्वर’ रहेको प्रमाण यसै मन्दिर परिसरमा रहेको विक्रमसम्वत् १६२९ को राजा भूपतिन्द्र मल्लले स्थापना गरेको शिलालेखबाट त्यो समयभन्दा अगाडिदेखि नै ‘डोलेश्वर’को नामले चिनिँदै आएको प्रमाणित हुन्छ । यो मन्दिर भक्तपुरका पर्यटन गन्तव्यसँग जोडिएको छ । डोलेश्वर मन्दिरमा आन्तरिक मात्र होइन बाह्य पर्यटन पनि आउन थालेको हानले जनाएको छ ।

चाँगुनारयाण मन्दिर

काठमाण्डौँ उपत्यकाको चार नारयाण चाँगु, इचंगु, शेष र विशंखुमध्ये एक चाँगुनारयाण हो । गोपालराज वंशावलीमा उल्लेख भएअनुसार ईस्वीको १४ औँ शताब्दीमा चारनारयण स्थापना भएका हुन ।

विशंंंखुनारायण, शेषनारायण , इचंगुनारायण र चाँगुनारायण उपत्यकाभित्र रहेको चार प्रमुख नारायण मन्दिर हुन् ।

नेपाली समाज परम्परागत रुपले धार्मिक मनोवृत्तिको भएको कारण हाम्रो दैनिक शास्त्रीय विधि, चाडपर्व, पारिवारिक उत्सव र धार्मिक सभा समारोह आदि सबैमा धर्मको स्पष्ट भाव अभिव्यक्त भएको पाइन्छ ।

आन्तरिक पर्यटकहरुले भरिभराउ हुने यस चार नारायणको गन्तब्य बनाई पर्यटकहरुलाई काठमाण्डौं उपत्यकाभित्रको दृष्यावलोकनको लागि प्रवद्र्धन गर्दै आन्तरिक पर्यटक मात्र नभए बाह्य पर्यटकहरुलाई पनि आकर्षित बन्दै गएको छ ।

काठमाण्डौै उपत्यकाका चार नारायण मन्दिर हिन्दू धर्मावलम्बीका लागि धार्मिक रुपमा निकै महत्वपूर्ण मानिन्छ । धार्मिक विश्वास अनुसार हरिबोधिनी एकादशीका दिन चार नारायणको दर्शन गरे पुण्यप्राप्त हुने जनविश्वास रहि आएको छ ।

प्रत्येक हिन्दू नेपाली होस् या भारतीय तीर्थयात्राका लागि लालायित हुन्छ । काठमाण्डौँबाट करिब १६ कि.मी पूर्व भक्तपुर जिल्लामा अवस्थित छ । पछिल्लो समय यो मन्दिरमा आन्तरिक बाह्य पर्यटन घुम्न जाने क्रम बढेको छ ।

रानीकोट

काठमाडौंको नजीकैको पहाडी थुम्को हो । रानीकोट एउटा ऐतिहासिक थलो हो । त्यहाँ थुम्कामा पुराना इँटाका टुक्राहरू भेटिन्छन् ।

इतिहासविद्का अनुसार रानीकोट लिच्छिवीकालीन गढी हो । यसको उचाई (२,१०० मिटर) छ भने त्यहाँको एकै थलोमा उभिएर कञ्चनजंघा, सगरमाथा, मकालु, चोयु, सिसापाङ्गमा, मनास्लु, अन्नपूर्ण, धौलागिरी लगायत दर्जनौं हिमाल हेर्न पाइन्छ । त्यति मात्र नभएर भक्तपुर नगर, काठमाडौं र पाटन सहर पनि यस ठाउँबाट छ्यांगै देखिन्छ ।

यो ठाउँ भक्तपुरको गुण्डु, सिपाडोल र काभ्रेको साँधमा छ । यस ठाउँमा उहिल्यै दक्षिणपूर्वबाट काठमाडौं उपत्यका प्रवेश गर्ने एउटा प्रमुख नाका थियो । रानीकोटमा होटल व्यवसायी बढेसँगै पयर्टनका घुइँचो लाग्ने थालेको छ ।

घ्याम्पेडाँडामा तामाङ समुदायको बस्ती छ । डाँडाको पुछारमा पाइलट बाबा आश्रम छ । उक्त आश्रममा योग र ध्यान गर्न सकिन्छ । १३ रोपनी क्षेत्रफलमा फैलिएको आश्रमबाट चारैतिर सुन्दर दृश्य देख्न सकिन्छ ।

घ्याम्पेडाँडा

पश्चिमदेखि उत्तरतिर काठमाडौं र भक्तपुरको दृश्य, उत्तरमा काठमाडौं र दक्षिणको काभ्रे देखिन्छ । पश्चिमपट्टि गुण्डु र दधिकोट छ ।

घ्याम्पेडाँडाको पनि रोचक कथा छ । चिहानडाँडाको नाम २०५३ सालदेखि घ्याम्पेडाँडामा परिणत भयो । त्यहाँ एक जनाले छाप्रो बनाएका थिए ।

बरु त्यहाँ ३० पाथी पानी अटाउने माटोको घ्याम्पो राखे, तिर्खा लागेको बेला पानी खान भनेर ।
गाँउलेले विरोध जनाए । तर, मलामी आउँदा घामपानीबाट बच्न उपयुक्त छाप्रो बन्यो भन्ने सम्झेर त्यसलाई भत्काएनन् । घ्याम्पो राखेका ठाउँ भएकाले त्यही बेलादेखि यस डाँडालाई घ्याम्पेडाँडा भन्न थालियो ।

सूर्योदय, सूर्यास्त, हिमाल हेर्न रानीकोट उपयुक्त छ । जंगल भएका हुनाले बर्ड वाचिङका लागि उपयुक्त छ । कोटबाट दुईसय मिटर पश्चिम पहाडको बीचमा ठूलो ढुंगामा छ बाघभैरव मन्दिर । पछिल्लो समय घ्याम्पेडाँडा समेत पर्यटकको गन्तव्यस्थल बनेको छ ।

पाइलट बाबा आश्रम

भारतिय एयर फोर्सका फाइटर पाइलट कपिल सिंहको नामबाट यस ठाउँको नाम पाइलट बाबा आश्रम रहन गएको हो ।बेला बेलामा पाइट बाबा यसै स्थानमा आएर बस्ने पनि गर्छन ।
पछिल्लो समय पाइलट बाबा आश्रम पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै आइरहेको छ ।

भक्तपुरको सुर्यविनायक चोकबाट करिब एक घण्टाको पैदल यात्रापछि रमणिय पाइलट बाबा आश्रममा पुग्न सकिन्छ । आश्रमबाट काठमाडौं र भक्तपुरको सुन्दर दृश्यहरु देख्न सकिन्छ ।
‘पदयात्रा’ को लागि उत्तम मानिने यस क्षेत्रमा विशेषगरि शनिवार आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या निक्कै बाक्लो हुने गरेको हानले बताएको छ ।

पर्यटकहरुलाई मध्यनजरमा राख्दै सुर्यविनायकदेखि पाइलट बाबा आश्रम, घ्याम्पे डाँडा सिलामगाल गुण्डु बसर्पाक पुग्ने सडकसम्म कालो पत्रे गरिएको छ ।

 

 

प्रकाशित समय : १६:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु