गृहपृष्ठ कोशी ब्यारेजको ९ र १० ढोकाबाट सप्तकोसीमा खस्यो ट्रक
कोशी ब्यारेजको ९ र १० ढोकाबाट सप्तकोसीमा खस्यो ट्रक
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ट्रक सुनसरीतर्फ पर्ने कोशी ब्यारेजको ९ र १० ढोकाबाट सप्तकोसी नदिमा खसेको छ ।
बिहान ७ः४५ बजेको समयमा मे १ ख १७६५ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक एकआपसमा ठोकिँदा सुनसरीतर्फ पर्ने कोशी ब्यारेजको ९ र १० ढोकाबाट ट्रक सप्तकोसी नदिमा खसेको प्रहरीले जनाएको छ ।
सप्तकोसी नदिमा खसेको ट्रकबाट ड्राइभरसहित अन्यको उद्धार गरिएको र हालसम्म कुनै मानवीय नभएपनि ट्रक पानीमा डुबेर नदेखिएको बताइएको छ । यसबारे थप उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : ०९:४८ बजे


















