गृहपृष्ठ ८ सय रुपैयाँले बढयो सुनको मूल्य, कति पर्छ प्रतितोला ?

८ सय रुपैयाँले बढयो सुनको मूल्य, कति पर्छ प्रतितोला ?

८ सय रुपैयाँले बढयो सुनको मूल्य, कति पर्छ प्रतितोला ?

बुधबार ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने ८ सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

बिहीबार प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ कायम भएकोमा बिहीबार १४ सय ४० रुपैयाँ कायम भएको छ ।

प्रकाशित समय : १२:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु