गृहपृष्ठ एनएलजी इन्स्योरेन्सको विशेष साधारणसभा साउन १५ गते, के-के छन् प्रस्ताव ?
एनएलजी इन्स्योरेन्सको विशेष साधारणसभा साउन १५ गते, के-के छन् प्रस्ताव ?
एनएलजी इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा आह्वान गरेको छ ।
सञ्चालक समितिको असार २७ गतेको बैठकले साउन १५ गते काठमाडौंको आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे १० बजे विशेष साधारणसभा बोलाएको हो ।
साधारण सभाले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने छ ।
कम्पनीले हाल कायम चक्ता पुँजीको ६६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १० सेयर बराबर ६।६ को अनुपातमा हप्रद सेयर जारी गर्नेछ।
प्रकाशित समय : १२:५२ बजे


















