गृहपृष्ठ निरन्तर बर्षाका कारण इटहरी जलमग्न, इटहरीका सबै विद्यालय बन्द

निरन्तर बर्षाका कारण इटहरी जलमग्न, इटहरीका सबै विद्यालय बन्द

निरन्तर बर्षाका कारण इटहरी जलमग्न, इटहरीका सबै विद्यालय बन्द

निरन्तर बर्षाका कारण इटहरी उपमहानगरपालिका जलमग्न भएको छ । जलमग्न भएको कारण आज एक दिन इटहरी क्षेत्रका सबै विद्यालयहरु बन्द गर्ने निर्णय इटहरी पालिकाले गरेको छ ।
महानगरले एक सूचना निकल्दै उपमहानगरपालिका भित्रको सबै बिधालय बन्द गर्ने निर्णय गरेको हो ।

बर्षाका कारण धेरै वडाहरु जलमग्न भएको र विद्यालय अध्ययन गर्ने विद्यार्थीहरुमा त्रास बढेकाले उनीहरुको मनोवैज्ञानिक रुपमा असर नपरोस र कुनै अप्रिय घटनामा हुन नदिनका लागि यस्तो निर्णय गरेको उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले न्युज कारोबारसँग बताए ।

इटहरीको डुवान समस्या पहिलादेखिकै भएकाले २०८० सालभित्रमा यसको दीर्घकालिन समाधानका लागि उपाहानगरले कार्य गर्ने पौडेलको दाबी छ । विपत व्यवस्थापनमा इटहरी उपमहानगर गम्भिर भएर अघि बढेको जनाउँदै इटहरी नगरवासी सबै मिलेर विपद्बबाट आफु र अरुलाई जोगाउनु पर्ने पौडेलको भनाई छ ।
इटहरीको सहरी स्मृतिमा सबैभन्दा धेरैले ज्यान गुमाएको बिपत २०७४ साउन २७ को मध्यरात हो । इटहरी र सुन्दरहरैँचाको सिमा खोला बुढिखोलामा आएको बाढीमा ६ जनाले ज्यान गुमाएका थिए ।

त्यो घटनाको ठीक चार वर्षपछि फेरि इटहरीमा २०७८ कार्तिकमा निरन्तरको वर्षाले ल्याएको बाढि र डुबानका कारण इटहरीमा तीन जनाले ज्यान गुमाएका थिए ।

इटहरीलाई बर्साको समयमा बाढी र इटहरी क्षेत्र जलमग्न हुने हुदा लाखौंको धन जनको क्षती हुने गरेको छ । इटहरीमा खोला पैनी मिचिनु, पैनीलाई ड्रेन बनाउनु र ड्रेनको उचित व्यवस्थापन नहुदा यहाँ बाढीले सर्वसाधारणलाई दुख दिने गरेको छ ।

प्रकाशित समय : १२:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु