सीता दाहाललाई प्रधानमन्त्री प्रचण्डसँगै छोरीहरूले दागबत्ती दिए (फोटोफिचर)
वि.सं.२०८० असार २७ बुधवार १६:२०
shares

प्रधानमन्त्री प्रचण्डकी पत्नी दाहालको बुधवार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो । दिवङ्गत दाहालकाे पार्थिव शरीरमा प्रचण्डसहित छाेरीहरू रेणु र गङ्गाले दागबत्ती दिएका छन् ।
दाहालकाे पार्थिव शरीरमा नेपाल सरकारको तर्फबाट उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट त्यसलगत्तै नेपाली सेनाको एक टुकडीले शोक सलामी अर्पण गर्दै दाहालप्रति सम्मान प्रकट गरेको छ । उनको आजै राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
प्रचण्डले आफ्नी श्रीमतीलाई मुखाग्नि दिएका हुन् । छोरीहरू रेनु र गंगाले पनि दागबत्ती दिएका छन् । सीताको बुधबार बिहान नर्भिक अस्पतालमा ६९ वर्षको उमेरमा निधन भएको थियो ।
सीतालाई अन्तिम श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू, सरकारका उच्चपदस्थ कर्मचारी, उच्च सुरक्षा अधिकारीका साथ सर्वसाधारण पशुपतिनाथ पुगेका थिए ।





























