गृहपृष्ठ मेरो भ्वाइस युनिभर्सको टप १० मा शरद
मेरो भ्वाइस युनिभर्सको टप १० मा शरद
मेरो भ्वाइस युनिभर्सको टप १२ मा ‘हे बरै’ बोलको गित गाएर जजहरुको मन जित्न सफल भएका शरद हुँमागाइँले सर्वाधिक भोट प्राप्त गरि टप १० मा आफ्नो स्थान बनाएका छन् ।
बुधवारदेखि आइतबार दिउँसो २ बजेसम्म १२ जना प्रतियोगिहरुले पाएको भोट मध्य सर्वाधिक भोट शरदले पाएका थिए । अबको चरण झन जटिल र प्रतिस्पर्धात्मक हुनेछ । जहाँ शरदको आवाजले मात्रै पुग्ने छैन । जनताको साथ र भोटको पनि त्यतिनै आवश्यक पर्नेछ ।
काभ्रे जिल्लाको प्रतिनिधित्व गरेका शरदलाई काभ्रेबाट निर्वाचित जनप्रतिनिधिहरुले एकजुट भइ साथ दिँदै आफ्नो फेसबुकमार्फत भोट हाल्न अपिलसमेत गरिरहेका छन् । अबको चरणलाई सहजताको लागि ‘शरद हुँमागाइँ जिताउ अभियान’ सञ्चालन गर्ने उनका समर्थकले जनाएका छन् ।
परिवार आफन्तजन, स्थानिय संघ सस्थाबाट पनि अभियानको तयारी भइरहेको छ । शरद टप १० मा पुग्नु कुशादेवी बासिको ठूलो गर्वको कुरा त थियो नै त्यसमा पनि लिडर बोर्डको शिर्ष १ मा पर्नुलाई निकै ठूलो सफलता मानिएको छ । आइतबार दिउँसो २ बजेसम्म my intra एपमार्फत शरद हुँमागाइँलाई भोट गरि अगाडिको चरणमा प्रवेश गराउन सबैको साथ पाउने कुरामा उनका समर्थक ढुक्क छन् ।
प्रकाशित समय : ०८:२० बजे


















