गृहपृष्ठ दुई ट्रक आपसमा ठोक्किँदा जलेर नस्ट
दुई ट्रक आपसमा ठोक्किँदा जलेर नस्ट
मकवानपुरको मनहरी गाउँपालिकामा दुईवटा ट्रक ठोक्किँदा आगलागी भएर पूर्णरूपमा क्षति भएको छ । शनिबार बिहान करिब १ः४५ बजेको समयमा मनहरी–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्वपश्चिम राजमार्गमा विपरीत दिशाबाट आएका दुईवटा ट्रक ठोक्किएर दुर्घटना भएको हो ।
हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना.६ ख ६६६७ नम्बरको ट्रक र विपरित दिशातर्फबाट आउँदै गरेको ना.६ ख ६३१ नम्बरको ट्रक आपसमा ठक्कर खाएर दुर्घटना हुँदा दुवै ट्रकमा आगलागी भएको हो ।
दुर्घटनामा ६६६७ नम्बरको ट्रकमा सवार चितवन राप्ति–३ का ३५ वर्षीय विवेक तमाङ र ६३१ नम्बरको ट्रकचालक मनहरी–३ का ३२ वर्षीय अर्जुन कुमार प्रजा घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाइएको छ ।
ट्रकमा आगलागी भएपछि केही समय पूर्वपश्चिम राजमार्ग बन्द भएको थियो । हेटौंडा उपमहानगरपालिकाको २ वटा दमकलले ट्रकमा लागेको आगो नियन्त्रण गरेको थियो।
प्रकाशित समय : ०७:५६ बजे


















