global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ अभिनेता सारुक ताम्राकार घरमा मृत भेटिए

अभिनेता सारुक ताम्राकार घरमा मृत भेटिए

अभिनेता सारुक ताम्राकार घरमा मृत भेटिए

अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत भेटिएका छन् । उनी बिहीवार राति ११ बजे झुण्डिएको अवस्थामा काठमाडौं रातोपुलस्थित घरमा मृत फेला परेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।

घटनास्थलको मुचुल्कापछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । उनको मृत्युको कारणबारे नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फिल्म ‘रानी’बाट अभिनय करिअर सुरु गरेका सारुकले ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डन’मा अभिनय गरेका छन् । उनी पछिल्लो समय आधा छायांकन सकिएको फिल्म ‘ह्यासट्याग माया’को छायांकनमा ब्यस्त थिए ।

प्रकाशित समय : ०७:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु