गृहपृष्ठ अर्थ समितिको अध्यक्षता विनोद चौधरीले गरेपछि सांसदहरुको आपत्ति

अर्थ समितिको अध्यक्षता विनोद चौधरीले गरेपछि सांसदहरुको आपत्ति

अर्थ समितिको अध्यक्षता विनोद चौधरीले गरेपछि सांसदहरुको आपत्ति

नेपाली काँग्रेसका सांसद विनोद चौधरीले संसदीय समितिको सभापतित्व गर्दा स्वार्थ बाझिने भन्दै सांसदहरुले आपत्ति जनाएका छन् ।

बिहिबारको अर्थ समिति बैठकमा सांसद चौधरीले जेष्ठ सदस्यका हैसियतमा सभापतित्व गरेका थिए । उद्योगपति चौधरीलाई अर्थ समितिको सभापतिको कुर्सीमा देखेपछि एमाले र राप्रपाका सांसदहरुले स्वार्थ बाझिने भन्दै प्रश्न उठाएका हुन् ।

‘हामीले व्यक्ति केन्द्रित गरेको होइन । यहाँ सभापति मात्रै होइन, सदस्य पनि बन्न पाइँदैन’, राप्रपा सांसद ज्ञानेन्द्र शाहीले भने । प्रतिनिधिसभा नियमावलीमै स्वार्थ बाझिने समितिमा सांसदहरु रहन नपाउने व्यवस्था रहेको भन्दै उनले समिति सदस्यहरुको ध्यानाकर्षण गराए ।

काँग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले नियमावलीमा प्रष्ट व्यवस्था नभएकाले अर्थ समितिमा चौधरीको उपस्थिति र सभापतित्वमा प्रश्न गर्न नमिल्ने तर्क गरे । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले अर्थ समितिमा बिहीबार उठेको प्रश्नले सुधारका लागि मद्दत पुर्‍याउने बताए ।

प्रकाशित समय : ०७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु