गृहपृष्ठ डिजिटल भुक्तानीमा इ–सेवाको छलाङ

डिजिटल भुक्तानीमा इ–सेवाको छलाङ

डिजिटल भुक्तानीमा इ–सेवाको छलाङ

पछिल्लो समय मानिसहरुले पर्समा पैसा बोकेर हिड्न छोडिसकेका छन् । । अहिले प्रविधिको विकासँगै सबैं विद्युतीय प्रणलीबाट नै जोडिने गरेको छ । प्रविधिको विकासंगै इसेवाले नयाँ छलाङ मारेको छ । अहिले अधिकांश मानिहरुको फोनमा इसेवा हुन्छ । हरेक बिल धुक्तानीको लागि छिटो र सहज हुने भएकाले यसको प्रयोग बढेको हो । अहिले घरमै बसीबसी इसेवाबाटै पैसा जम्मा गरेर भुक्तानी गर्न सकिन्छ ।

घरमै बसेर इसेवाबाट विभिन्न किसिमका बिल भुक्तानी तथा कारोबार गर्न सकिन्छ । यसका लागि बैंक खाताबाट इसेवाको अकाउन्टमा रकम जम्मा गर्न सकिने व्यवस्था छ । बिल भुक्तानी, कसैलाई पैसा पठाउन वा पाउन इसेवाबाट सहजै सकिन्छ ।

इ-सेवाको प्रभाव

उदयपुर घर भई तत्काल काठमाडौं बस्दै आएका रमेश पौडेलले इ सेवा डाउनलोड भएको धेरै भयो ।उनले अधिकांश काम इ–सेवाबाटै गर्दै गर्छन् । इ-सेवा नहुँदा आफूले पाएको दुख सम्झेर उनी दिक्क मान्छन् उनले भने, ‘ अब इ सेवा भएन भने त मलाई मसंग केही नभएको जस्तो लाग्छ । अहिले उनले पर्समा पैसा नै बोक्न छोडेको उनी जिकिर गर्छन् । अहिले उनको दैनिक जीवन सहज बनाइदिएको छ । उनी इसेवाबाटै इन्टरनेटको पैसा विद्युतका् पैसा र आफरुलाई चाहिने सामान किन्दा इ सेवाबाटै भुक्तानी गर्दै आएका छन्

यस्तै,इसेवाबाटै मोबाइल र इन्टरनेटबाट कारोबार गर्न सकिन्छ भने विस्तारै टेलिकम कम्पनी, सिनेमा हल, एयरलाइन्स, स्कुल÷कलेज, बिजुली पानीको बिल, यातायात कम्पनीलगायतले अनलाइनबाट कारोबार गर्न सकिने व्यवस्था बनाए । हाल इसेवाबाट भुक्तानी गर्न सकिने धेरै सेवा भइसकेका छन् । घरबाटै अनलाइन कारोबार गर्न पाउँदा धेरैको दैनिकी सहज बनाइदिएको छ ।

ग्रामीण भेगमा पनि इ–सेवा

नेपालमा ‘डिजिटल पेमेन्ट’ सेवा प्रदान गर्दै आएको कम्पनी इ–सेवा देशका ग्रामीण क्षेत्रका गाउँगाउँमा पुगेको छ । छिटो, छरितो र सरल ढंगले प्रयोग गर्न सकिने यो सेवाप्रति ग्राहकको आकर्षण बढेको छ । गाउँका गाउँका पसलमा ई–सेवा ‘अनलाइन पेमेन्ट’ सर्वत्र देखिन्छ ।

पछिल्लो समय इ–सेवाप्रतिको आकर्षण ह्वात्तै बढेको छ । बजारदेखि गाउँ–गाउँसम्म ई–सेवाका ग्राहक छन्। इ–सेवामार्फत विशेषगरी मोबाइल रिचार्ज, टेलिफोन बिल, इन्टरनेट बिल, डिसहोम रिचार्ज, सिसी टिभी रिचार्ज र हवाई जहाज टिकट हुनेगरेको छ। त्यस मध्येपनि सबैभन्दा बढीले मोबाइल रिचार्ज गर्ने बढी रहेका छन् ।

इ–सेवामार्फत कलेज, स्कुलको शुल्क बुझाउन र बजारमा सपिङ गर्न सकिन्छ। ई–सेवा उपयोगबाट उपभोक्ताले सेवा तथा वस्तु खरिद गर्दा नगद छुट पाउने छन् भने समयको बचत पनि भइरहेको छ।

शहरी क्षेत्रमा ई–सेवाको प्रयोगपछि विद्युत्, टेलिफोन र खानेपानीको बिल भुक्तानी गर्दा लामो लाइनमा पनि बस्नुपर्दैन्। गाउँमा पनि ई–सेवामार्फत मोबाइल रिचार्ज मात्रै गर्दा पनि रिचार्ज स्क्रयाच गरेर पिन नम्बर लगाउने झन्झट नहुने गरेको सेवाग्राही बताउँछन्।

सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउन सफल

तीनवर्ष अघिदेखि नेपालकै अग्रणी फिनटेक कम्पनी–एफवान सफ्ट ग्रुप अन्तर्गत कार्य संचालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले तीन वर्ष पुरा गरिसकेको छ ।

यस रेमिट्यान्स कम्पनीले हाल संसारका २०० भन्दा बढी मुलुकबाट ३० वटा भन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्राउँदै आइरहेको छ ।

कार्य संचालनमा आएसँगै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै “मेरो पहिलो रोजाइ” नारा बोकेर अघि बढेको यस रेमिट्यान्स कम्पनीले डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ६० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरुसँग समन्वय गर्दै तुरुन्तै ग्राहकको खातामा रेमिट्यान्स भित्राउँदै आएको छ । त्यस्तै, इसेवा मनी ट्रान्सफर मार्फत ६१ लाख भन्दा बढी प्रयोगकर्ताको सञ्जाल इसेवा वालेटमा पनि विदेशमा रहेका नेपालीहरुले सहजै पैसा पठाउन पाएका छन्।

त्यस्तै, कम्पनीले आफ्ना एजेण्ट नेटवर्कलाई पनि व्यापक मात्रामा वृद्धि गर्दै देशभरि आफ्नो सेवा पुर्याई सकेको छ । हाल, यस कम्पनीका मुलुकभर १२ हजार भन्दा बढी संख्यामा एजेण्ट नेटवर्क रहेका छन् जसबाट ग्राहकहरुले विदेशबाट आएको रकम तुरुन्तै पाउन सकिन्छ । यति मात्र नभएर देशका कुना–कुनासम्म रहेका इसेवाका १ लाख १२,००० एजेण्ट क्यास पोइन्ट मार्फत पनि उपभोक्ताले इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवाको लाभ उठाइरहेका छन्।

विदेशमा पनि लोकप्रिय इ–सेवा

नेपालसहित विदेशमा पनि इसेवा लोकप्रिय बन्दै गएको छ । विदेशका हरेक देशमा यसले सेवा विस्तार गरेको छ । जसले गर्दा त्यहाँ रहेका नेपालीलाई झन् सहज बनाएको छ ।

लमजुङ घर भई हाल कुवेतमा रहेका सुकराम वि।क इ–सेवा मनि ट्रान्सफरले आफूलाई सहज बनाएको बताउँछन् । इ–सेवा मनि ट्रान्स्फर र कुबेतकोे ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी युएई एक्स्चेञ्जबीच रेमिट्यान्स सेवा शुरू भएको छ । यो सेवा शुरू भएसँगै कुवेतमा रहेका सुकराम जस्तै अन्य नेपालीहरूले युएई एक्स्चेञ्जका २३ वटा शाखाबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इ–सेवावालेटमा पैसा पठाउँदै आएका छन् ।

नगदमा पठाइएको रकम नेपालभर रहेका ८ हजारभन्दा धेरै इ–सेवा मनि ट्रान्सफरका एजेन्ट तथा इ–सेवावालेट एपमार्पmत पनि प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । साथै इ–सेवा वालेटमा पैसा पठाउँदा ७५० फिल्स मात्र सेवा शूल्क लाग्नेछ । त्यसै गरी बैंक खातामा पठाएइको रकम तत्कालै तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । इ–सेवाले डिजिटल माध्यमबाट समयको बचत, आर्थिक फाइदा र प्राविधिको प्रयोगबाट सुरक्षित ढंगबाट रेमिट्यान्स् भित्राउँदै आएको छ।

इ–सेवा मनि ट्रान्सफरलाई रेमिट्यान्स्को विश्वबजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनीको रुपमा स्थापना गर्नु आफुहरुकोे उद्देश्य रहेको इ–सेवाले जनाएको छ ।

 

प्रकाशित समय : १६:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु