गृहपृष्ठ युवा संघको भ्याली च्याम्पियनसिप फुटसल प्रतियोगिताको उद्घाटन

युवा संघको भ्याली च्याम्पियनसिप फुटसल प्रतियोगिताको उद्घाटन

युवा संघको भ्याली च्याम्पियनसिप फुटसल प्रतियोगिताको उद्घाटन

नेकपा एमालेको युवा दस्ता राष्ट्रिय युवा संघ नेपाल द्वारा आयोजित काठमाडौ उपत्यका स्तरिय भ्याली फुटसल च्याम्पियनसिप एक कार्यक्रमका बिच आजबाट सुरु भएको छ।

संघका अध्यक्ष क्षितिज थेबे ले एक समारोह बिच तारकेश्वर वडा –६ फुटुङ स्थित फुटसल मैदानमा उद्धाटन गरेका खेलमा बोल्दै अध्यक्ष थेबेले एमालेमा नवयुवाहरुको आकर्षण बढेको बताएका छन् ।

अध्यक्ष थेवेले राष्ट्रियताको सवालमा, आम जनताको जनजिवीकाको सवालमा, कृषक र किसानको पक्षमा, महंगी र भष्ट्रचारको विरुद्ध लगायत अनेकौ मुद्दामा राष्ट्रिय युवा संघ नेपाल र नेकपा एमालेले खेलेका गतिविधिका कारण एमाले प्रति थप आकर्षण बढेको बताए ।

वर्तमान सरकार ललिता निवास सरकारी जग्गा नभएको भनेर फैसला गराउने तत्कालीन न्यायाधीश बलराम केसि लगायत लाई पक्राउ नगरेर जोगाउन खोजिरहेको र त्यस घटनालाई युवा संघले नजिक बाट नियालिरहेको उनको भनाइ थियो ।

१४ गते देखि सुरु हुने प्रतियोगितामा विजेता टिमले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार पाउनेछन् । उत्कृष्ट एक जना खेलाडी र उत्कृष्ट एक गोल रक्षकलाई समान १०(१० हजार दिइनेछ । प्रतियोगितामा काठमाडौ, भक्तपुर र ललितपुर जिल्ला स्थित स्थानीय तहका सबै २२४ वडाका १६ देखि २४ उमेर समूहका युवाहरुको झण्डै ५०० फुटसल टिमको सहभागिता रहनेछ ।

उपत्यकाका २१ वटै स्थानीय तहमा आज देखि २२ गतेसम्ममा पालिका च्याम्पियनसिपका लागि आ(आफ्नो पालिकामा वडास्तरीय च्याम्पियनसिप खेलाइनेछ र पालिका च्याम्पियनहरुका बीचमा असार २३ गते भव्य समारोह बीच फाइनल खेल हुने राष्ट्रिय युवा संघले जनाएको छ ।

पछिल्लो समय फुटबल र फुटसल प्रति आम युवाको बढ्दो आकर्षण र संघको रचनात्मक क्रियाकलाप गर्ने उद्देश्य ले विविध रचनात्मक क्रियाकलाप गर्दै आईरहेको संघका प्रवक्ता निरोज क्षेत्रीले जानकारी दिए ।

प्रकाशित समय : १७:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु