गृहपृष्ठ विश्वासको मत नदिए मध्यावधि निर्वाचन हुन्छ : मुख्यमन्त्री कार्की
विश्वासको मत नदिए मध्यावधि निर्वाचन हुन्छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारलाई विश्वासको मत सबै राजनीतिक दलसँग मागेका छन् । कोशी प्रदेशमा अहिले अर्को सरकार बन्ने सम्भावना नभएको र सर्वपक्षीय सरकारको विकल्प नरहेको बिहीबार प्रदेशसभा बैठकलाई सम्बोधन गदै बताएका छन् ।
कोशीको मौजुद अवस्था र अंकगणितलाई हेरेर अहिलेको सरकारको निरन्तरता आवश्यक रहेको बताए। अन्यथा, मध्यावधि निर्वाचनतर्फ जानुपर्ने बाध्यता रहेको उनले बताए।
बैठकमा विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले सरकारलाई अविश्वास गर्नु पर्ने कुनै कारण नरहेकाले विश्वासको मत दिन सबै दलहरूलाई आग्रह गरेका हुन् । ‘सरकारलाई तपाईंहरूले विश्वासको मत दिनैपर्छ । सबै ठीक गरेको छ भन्ने अनि विश्वासको मत दिन्न भन्ने हो भने तपाईंहरूप्रति पनि अविश्वास बढ्छ । यो सरकार विश्वास गर्न योग्य र लायक छ ।’
मुख्यमन्त्री कार्कीले सरकारलाई ९३ जना प्रदेशसभा सदस्य र प्रदेशका ५० लाख जनताले विश्वास गर्न योग्य र मुख्यमन्त्रीका रुपमा म र मेरो दल एमाले तयार भएको समेत बताएका थिए । तत्काल अर्को सरकार बन्ने सम्भावना मैले देख्दिँन। प्रदेश प्रमुख र सभामुखको आ आफ्नो संवैधानिक दायीत्वमा बसेर सोच्नुपर्ने उनको भनाइ थियो ।
प्रकाशित समय : १६:०१ बजे


















