गृहपृष्ठ एसले पनि बजेटको पक्षमा मतदान गर्ने निर्णय
एसले पनि बजेटको पक्षमा मतदान गर्ने निर्णय
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट २०८० ÷०८१ को पक्षमा मतदान गर्ने भएको छ ।
बुधवार बिहान संसद भवनमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टीका उपनेता एवम् उपाध्यक्ष राजेन्दप्रसाद पाण्डेले बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालसँग बुधवार बिहान बसेको बैठकमा बजेट संशोधन गर्ने सहमति भएकाले मतदान गर्ने पक्षमा पार्टीले निर्णय गरेको उनले जानकारी दिए ।
प्रकाशित समय : १३:१५ बजे




















