global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नेपाल थाइल्यान्डलाई हराउँदै सेमिफाइनलमा, अन्तिम खेल मलेसियासँग

नेपाल थाइल्यान्डलाई हराउँदै सेमिफाइनलमा, अन्तिम खेल मलेसियासँग

नेपाल थाइल्यान्डलाई हराउँदै सेमिफाइनलमा, अन्तिम खेल मलेसियासँग

नेपाल एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपालले थाइल्यान्डलाई २२५ रनको फराकिलो अन्तरले पराजित गरेको हो । २७० रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको थाइल्यान्डले १३.२ ओभरमा सबै विकेटको क्षतिमा ४४ रन मात्रै बनाउन सक्यो ।

आज भएको खेलमा नेपालले थाइल्यान्डलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा आठ विकेटको क्षतिमा २६९ रन बनाएको थियो । नेपालका लागि निरज कुमार यादवले ७४, नरेनले ५५, सन्तोष यादवले ४२ र सुर्यन्शु कोइरालाले ४० रन बनाए ।

थाइल्यान्डका दुई खेलाडीले मात्रै दोहोरो अंकमा रन बनाए । इसान बन्जेर्जीले १६ र दनुफोन फुआङयोतपिनितले १२ रन बनाए । बलिङतर्फ नेपालका लागि सन्तोष यादवले पाँच विकेट लिए ।

उनले ३.२ ओभरमा एक मेडन राख्दै आठ रन खर्चिएर पाँच विकेट लिए । त्यस्तै, अशोक धामीले तीन ओभरमा दुई मेडन राख्दै चार रन खर्चिएर तीन विकेट लिए । अभिशेख तिवारीले दुई विकेट लिए ।

समूह‘‘ए’ मा रहेको नेपालले एक खेल अघि नै सेमिफाइनलमा स्थान बनाएको हो । थाइल्यान्डले यसअघि मलेसियासँग हार ब्यहोरेको थियो । नेपालले अब समूह चरणको आफ्नो अन्तिम खेल मलेसियासँग खेल्नेछ ।

प्रकाशित समय : १२:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु