global ime bank Long Banner Ad

गृहपृष्ठ भीमदत्तका पूर्वमेयरसहित १६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा

भीमदत्तका पूर्वमेयरसहित १६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा

भीमदत्तका पूर्वमेयरसहित १६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गराएको छ । दुई अलग मुद्दा गरि १६ जनालाई मुद्दा चलाएको अख्तियारका प्रवक्ता भोला दाहाले जानकारी दिएका छन् ।

दाहालका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्वमेयर सुरेन्द्रबहादुर विष्टसहित १२ जनाविरूद्ध ३ करोड ३३ लाख २२ हजार ५८३ रुपैयाँ बराबरको राजस्व चुहावट गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ ।

विष्टसँगै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्ट, तत्कालीन नि। प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशी, वडा नम्बर १७ का वडाध्यक्ष हिमालबहादुर चन्द, प्रशासकीय अधिकृत हरिसिंह धामी, शाखाअधिकृत नरबहादुर शाह, इन्जिनियर हिमालय सिंह ऐर र गोविन्द राज उपाध्यायविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

सोहि मुद्दामा भवानी कन्स्ट्रक्शन प्रालिका संचालकहरू केशवराज भट्ट, पुष्पराज भट्ट, आधिकारिक प्रतिनिधिहरू दिवाकर भट्ट, इश्वरीप्रसाद भट्टको नजिकको हकदार श्रीमती खगेश्वरी भट्टविरूद्ध मुद्दा दायर भएको हो।

नगर प्रमुख विष्टलगायत दुई प्रमुख प्रशासकीय अधिकृतले आर्थिक वर्ष २०७७/०७८ मा प्राकृतिक स्रोतबाट ९नदीजन्य० प्राप्त हुने आयको ठेक्कामा बोलपत्रको सम्झौताअनुसार प्राप्त गर्नुपर्ने आयमा भवानी कन्स्ट्रक्सन प्रालिलाई नियमविपरित छुट दिँदा भ्रष्टाचार भएको देखिएको हो।

यस्तै कन्स्ट्रक्शनका संचालकहरूविरूद्ध पनि अख्तियारले मुद्दा दायर गरेको हो। इश्वरी प्रसाद भट्टको मृत्यु भइसकेको हुँदा बिगो रकम उनकी श्रीमतीबाट तिराउनुपर्ने माग अख्तियारले गरेको छ ।
हुम्ला, अदानचुली गाउँपालिका– २ मा कर्णाली प्रदेश सरकारको अनुदानबाट हाइटेक नर्सरी स्थापना तथा संचालन गर्दा अनियमितता गरेको आरोपमा अख्तियारले कृषि विकास कार्यालय, हुम्लाका कार्यालय प्रमुख चन्द्र भुषण झा, वडा अध्यक्ष, सव–इन्जिनियरसहित ४ जनालाई मुद्दा दर्ता गरेको छ ।

अर्थिक वर्ष २०७६–०७७मा कृषि विकास कार्यालय, हुम्लामार्फत व्यवसायिक फलफूल नर्सरी प्रवर्द्धन कार्यक्रम अन्तर्गत दिइएको अनुदानबाट फलफूल प्रशोधन तथा भण्डार केन्द्र, अदानचुली, मकै, हुम्लाले निर्माण गरेको नर्सरी तथा टनेल निर्माण कार्यमा फिल्डमा गरिएको वास्तविक परिमाणभन्दा बढी काम गरेको देखाई झुट्टा बिल भरपाई गरेको अख्तियारले ठहर गरेको छ ।

उनीहरु विरुद्ध चार लाख अड्तीस हजार पाँच सय सन्ताउन्न रुपैयाँ बयासी पैसा बिगो सहित मुद्दा तर्दा भएको प्रवक्ता दाहालले बताएका छन् ।

प्रकाशित समय : १६:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु