nmb bank

गृहपृष्ठ गृहमन्त्री श्रेष्ठ चीन भ्रमणमा जाँदै

गृहमन्त्री श्रेष्ठ चीन भ्रमणमा जाँदै

गृहमन्त्री श्रेष्ठ चीन भ्रमणमा जाँदै

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । मंगलबार साँझ ७ सदस्यीय टोलीसहित उनी चीनको छेन्दु शहरमा जाने उनको सचिवालयमा जानेछन् ।

चीनको छेन्दुमा हुने एक व्यापार मेलामा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ जान लागेका हुन् । उनको टोलीमा गृह मन्त्रालयका केही सहसचिवहरु पनि रहनेछन् ।

भ्रमणका क्रममा केही भेटघाट र विश्वविद्यालय भ्रमण लगायतको कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । श्रेष्ठ ४ दिन छेन्दुमै रहने र त्यसपछि नेपाल फर्किने कार्यतालिका रहेको छ।

प्रकाशित समय : ०६:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु