गृहपृष्ठ भारतसँग पराजित भएपछि नेपाल साफ च्याम्पियनसिपबाट बाहिरियो
भारतसँग पराजित भएपछि नेपाल साफ च्याम्पियनसिपबाट बाहिरियो
भारतसँग पराजित भएपछि नेपाल साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ । भारतसँग हारको श्रृंखलाले लगातार चौथो खेलसम्म निरन्तरता पाउँदा नेपाल १४ औं संस्करणको साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको हो ।
भारतसँग २-० को नतिजामा पराजित भएपछि साविक उपविजेता नेपालले एक खेलअघि नै समूह चरणबाट बाहिरिएको हो । भारतको जितमा ६१ औं मिनेटमा सुनिल क्षेत्री र ७० औं मिनेटमा महेश सिंह नाओरेमले गोल गरे ।
सन् २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा मात्र नेपालले भारतलाई हराएको थियो । त्यसयता भएका साफ च्याम्पियनसिप र अन्य प्रतियोगिता गरी कुल ११ खेलमा नेपाल भारतसँग पराजित मात्रै भएको छ ।
प्रकाशित समय : ०६:११ बजे



















