गृहपृष्ठ स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा

स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा

स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको ९३६ कित्ता शेयर बिक्री खुला भएको छ । कम्पनीका संस्थापक शेयरधनी ज्ञानेन्द्र प्रसाद पाण्डेको नाममा रहेको उक्त शेयर प्रतिकित्ता ७ सयमा विद्यमान संस्थापक शेयरधनीहरूमा बिक्री खुला गरेको हो ।

धितोपत्र दोस्रो बजारमा कम्पनीको संस्थापकतर्फको शेयर मूल्य पछिल्लो कारोबार दिन प्रतिकित्ता ७८२ रुपैयाँ कायम भएको छ ।

बजार मूल्यभन्दा ८२ रुपैयाँ कम मूल्यमा कम्पनीको संस्थापक शेयर विक्रीमा आएको हो । यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

 

प्रकाशित समय : १३:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु