गृहपृष्ठ खर्च विवरणको पुस्तिका नआएपछि संसद् बैठक स्थगन

खर्च विवरणको पुस्तिका नआएपछि संसद् बैठक स्थगन

खर्च विवरणको पुस्तिका नआएपछि संसद् बैठक स्थगन

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को विरोधपछि प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगन भएको छ । विनियोजन विधेयक, २०८० को शीर्षकगत छलफलका क्रममा उपराष्ट्रपतिको कार्यालयका लागि खर्च शीर्षक पुस्तिका सांसदलाई उपलब्ध नगराइएको भन्दै विरोध गरेपछि बैठक स्थगित भएको हो ।

बैठकमा एमालेका सचेतक महेश बर्तौलाले कार्यसूचीमा रहेको उक्त निकायको खर्च विवरण प्राप्त नभएसम्म छलफल अघि बढ्न नसक्ने अडान राखेका थिए । यसपछि सभामुख देवराज घिमिरेले कतिपय निकायका शीर्षक प्राप्त नभएको भए पनि बजेटको छलफल समयमै सक्नुपर्ने भएकाले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे । तर एमालेले पुस्तिका नआएसम्म छलफल चल्न नदिने अडान दिएपछि बैठक स्थगित भएको छ ।

प्रकाशित समय : १३:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु