गृहपृष्ठ थ्रीस्टार हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
थ्रीस्टार हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
थ्रीस्टार हाइड्रोपावर लिमिटेडले असार ५ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीको आईपीओमा आज बैंकिङ्ग अवधिसम्म मात्र आवेदन दिन सकिनेछ।
कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रूपैयाँको २५ प्रतिशत अर्थात १२ करोड ३१ लाख २५ हजार रूपैयाँ बराबरको शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सो मध्ये ४ लाख ९२ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि निष्काशन गरिसकेको छ।
बाँकी रहेको १५ प्रतिशत अर्थात ७ करोड ३८ लाख ७५ हजार रूपैयाँ बराबरको ७ लाख ३८ हजार ७५० कित्ता शेयर मध्येको १० प्रतिशत ७३ हजार ८७५ कित्ता श्रम स्वीकृती प्राप्त गरि विदेशी रोजगारीमा गएका नेपालीलाई, ३६ हजार ९३८ कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएर बाँडफाँट पश्चात बाँकी रहेको ६ लाख १३ हजार १६२ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।
प्रकाशित समय : ११:५० बजे


















