गृहपृष्ठ विजय लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत
विजय लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विजय लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । लघुवित्तको ६ लाख ४० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर, बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत उक्त बोनस शेयर, सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।
प्रकाशित समय : १७:१३ बजे

















