गृहपृष्ठ देशको सार्वभौमिकता र स्वाधीनताको कुरा आउँदा म कुनै कानुन र अदालत मान्दिन : बालेन
देशको सार्वभौमिकता र स्वाधीनताको कुरा आउँदा म कुनै कानुन र अदालत मान्दिन : बालेन
काठमाडौं उपमहानगरपालिका मेयर बालेन्द्र साह (बालेन)ले देशको सार्वभौमिकता र स्वाधीनताको आउँदा म कुनै कानुन र अदालत नमान्ने घोषणा गरेका छन् ।
उनले आफ्नो सामाजिक सञ्जाल फेस्कुकमा लेख्दै यस्तो बताएका हुन् । ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन,’ उनले फेस्बुकमा लेखेका छन्, ‘फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनीसके पछि उनिहरुको नियत थाहा हुन्छ ।’
त्यस्तो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो , अदालत र सरकार भारतको गुलाम भएको बुझिने बालेनले बताएका छन् । ‘यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’ उनले भनेका छन् ।
प्रकाशित समय : १४:२० बजे

















