गृहपृष्ठ मेरो सिप प्रयोग गर्ने सक्छु भन्ने लागेर रास्वपा प्रवेस गरे : अनिल केशरी शाह
मेरो सिप प्रयोग गर्ने सक्छु भन्ने लागेर रास्वपा प्रवेस गरे : अनिल केशरी शाह
पूर्व बैंकर अनिल केशरी शाहले आफु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्नुको कारण आफ्नो सिप प्रयोग गर्न सक्ने भएको बताएका छन् । उनले आज (विहिबार) रास्वपाको एक वर्ष पुरा गरेको दिन पार्टी प्रवेश गरेका हुन्।
आज पार्टी कार्यालयमा भएको कार्याक्रममा पत्रकारहरुसँग कुरा गर्दै शाहले आफु आउनुको कारण बताएका थिए । ‘म आएको मेरो नेतृत्वको विकास गर्नलाई हो’, शाहले भने, ‘मेरो सिप प्रयोग गर्न सक्छु भन्ने लागेर म यहाँ आएको छु ।’
रास्वपाको राम्रो गर्ने अभियान धेरै अगाडिदेखि सुरु भएकाले आफु पनि जोडिएको शाहले बताएका छन् । ‘आजबाट मात्र यो अभियानको सुरुवात भएको छ भन्ने होइन यो धेरै आगाडि देखि भएको छ’, शाहले भने, ‘त्यसलाई प्रोत्साहन गर्न मात्र म यो अभियानमा जोडिएको हो ।’
रास्वपाको प्रवेस भनेको अन्त्य नभएको भन्दै आउने दिनहरुमा राम्रो गरेमा तारीफ र नराम्रो काम गरेका सचेत गराउन समेत शाहाले आग्रह गरेका छन् ।
शाहाले डा. स्वणीम वाग्लेलाई अर्थतन्त्रको डाक्टर समेत संज्ञा दिएका छन् । ‘अहिले देशको सवैभ्दा ठूलो पिडा भनेको अर्थतन्त्र छ’, उनले भने, ‘अर्थतन्त्रको सवैभन्दा ठूलो डाक्टर साव हामीसँगै हुनुहुन्छ ।’

अहिले रास्वपामा सवै क्षेत्रका विज्ञहरु रहेको समेत शाहाले दावी गरेका छन् । ‘हामीसँग अर्थतन्त्रको डाक्टर साव मात्र होईन स्वास्थ्यामा तेस्तै, शिक्षामा तेस्तै हुनुहुन्छ,’ शाहले भने, ‘अहिलेको टिममा मात्र होईन अझ मान्छे आउनु पर्छ ।’
आफुले कहिले कुनै पार्टीमा जाने कहीले सोच नबनाएको तर रास्वपा प्रवेश गर्दा शाहले खुशी व्यक्ति गरेका छन् । ‘मलाई नै हेर्नुस् न मैले कहिले सोचेको थिइन म यसरी माईक समातेर रास्वपा वा कुनै पनि पार्टीको बारेमा कुरा गर्छु भनेर । अहिले म कुरा गरिरहेको छु’, शाहले भने, ‘तर, मलाई धेरै साथीहरुले भन्छन् रास्वपाले गर्न सक्छ त भनेर । गर्न सक्छको सुरुवात सोचबाट हुन्छ मित्रहरु । म यहि भन्न चाहान्छु ।’
गर्न सक्छु भन्ने सोचले नै पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्नु सकेको उनले बताएका छन् । त्योसँगै राणा काल, पचायत हुँदै अहिले गणत्रन्त्रसम्म गर्न सकिएको भन्दै त्यो सोचमा आएको परिवर्तनले समभव भएको उनले बताएका छन् ।
‘आज हाम्रो रास्पपा पनि नयाँ सोच बोकेर अगाडि जादाँ खेरी धेरैले मुसुमुसु हास्छन् यिनिहरुले के गर्छन् भनेर । म यति भन्दछु म विश्वको इतिहासमा हेर्नु धेरै ठूलो परिवर्तन भएको छ’, शाहले भने, ‘यो परिवर्तनको अभियानमा आउनुहोस् यो अभियानमा जोडियौँ ।’
रास्वपा युवाहरुको पार्टी नभई पुरै नेपालीको पार्टी भएको समेत शाहले दावी गरेका छन् ।
शाहलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको छ । रास्वपाको आज बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पार्टी सभापति रवि लामिछानेले शाहलाई पार्टीको लोगो लगाइदिँदै पार्टीमा स्वागत गरेका हुन् ।

प्रकाशित समय : १४:१५ बजे

















