गृहपृष्ठ रास्वपा सभापति लामिछानेले मागे मिडियासँग माफी
रास्वपा सभापति लामिछानेले मागे मिडियासँग माफी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवी लामिछानेले मिडियासँग माफि मागेका छन् । रास्वपाले आज (विहिबार) स्थपाना दिवसको दिन आयोजीत पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै माफि मागेका हुन् ।
‘यो ह्यापी डे मा तपाईहरु (मिडियाकर्मी)लाई पनि सम्पर्क गराउन चाहान्छु । जानेर नजानेर तपाईहरुमाझ कतिपय कम्जोरी भएका छन् भने क्षमा गरिदिनु होला ।’ लामिछानेले भने, ‘तपाईले गरेको सहयोगमा धन्यवाद दिन चाहान्छु ।’
हेर्नुहोस् लामिछानेले बोलेको जस्ताको तेस्तै :
‘रास्वपाले एक वर्ष पुरा गरेको छ । एक वर्षीय यात्रामा जो जति सहभागि हुनु भयो जसले सहयोग गर्नु भयो उहाँहरुलाई हामीले सम्झीयौँ । धन्यवाद दियौँ र यो पत्रकार सम्मवेलनमा स्वतन्त्र प्रेसलाई प्रतिनिधित्व गदै जनताको सुचितित हुने अधिकारलाई प्रतिनिधित्व गर्दै हामीलाई पनि खबरदारी गर्नुहुने प्रेस जगतका सवै साथीहरुलाई यसै अवसर पारेर धेरै धेरै धन्यवाद दिन चाहान्छु । रास्वपाको तर्फबाट ।
तपाईहरुको खबरदारी, गर्नुभएको योग्दान, यि सवै कुराहरुले अत्यान्त भुमिका निर्वााह गर्यो । पकै पनि हो तपाई हामो रिलेसन ‘लभ एन्ड हेड’ जस्तै चलिनै रहन्छ त्यो यहाहरुलाई थाहा पाएकै मान्छे हुँ । यहाँहरुले नचिनेको मान्छे हैन । यहाँहरुले चिन्नु भएको मान्छे हुँ तर पनि म आज यो पार्टी स्थापना दिवसको एक वर्षको अवसरमा म सम्पुर्ण सञ्चारकर्मी साथिहरुलाई हाम्रा समाचारहरु सम्प्रेषण गर्नुमा मदत गर्नुभएकोमा, हाम्रा विचारहरु आम नागरिकमा पुराउन मदत गर्नुभएकोमा र विभिन्न समयमा हामीलाई खबरदारी गर्नु भएकोमा एक मुष्ट गर्नुभएकोमा धन्यवाद दिन चाहाँन्छु ।
आज हामीले यो वर्षीक उत्वसवको बारेमा एउटा कुरा पास गरौँ त्यसमा धन्यवाद पनि भन्ने क्षमा पनि माग्ने ‘सरी र थ्याङ्क्यु’ भन्ने डे भनेका छौँ । म तेही चिज गर्नु चाहान्छु यहाँहरुलाई । यो ह्यापी डे मा तपाईहरुलाई पनि सम्पर्क गराउन चाहान्छु । जानेर नजानेर तपाईहरुमाझ कतिपय कम्जोरी भएका छन् भने क्षमा गरिदिनु होला । तपाईले गरेको सहयोगमा धन्यवाद दिन चाहान्छु ।
प्रकाशित समय : १२:५६ बजे



















