गृहपृष्ठ पालिकाको कृषि नारा ‘खाऔँ आफ्नो बारीको, नखाऔँ सीमापारिको’
पालिकाको कृषि नारा ‘खाऔँ आफ्नो बारीको, नखाऔँ सीमापारिको’
अहिले आगामि आर्थिक वर्ष २०८०/०८१ लागि प्रत्येक स्थानिय तहले नीति तथा कार्यक्रम धमाधम सार्वजनिक गरिरहेका छन् । काठमाडौं महानगरपालिका देखि देशका ७५३ वटा पालिकाहरुले नीति तथा कार्याक्रम सार्वजनिक गरिरहेका छन् ।
सङ्घीय बजेट पेस गर्ने दिन संविधानले नै जेठ १५ भनेर तोकिदिएको छ । त्यस्तै असार १० गतेभित्र स्थानिय तहले बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ । सोही प्रावधानलाई मध्येनजर गरेर पालिका अरुले आगामी आर्थिक वर्षको विभिन्न योजनाहरु अगाडि सारेका छन् ।
सोही योजना स्वरुप म्याग्दीको मालिका गाउँपालिकाले पनि आफ्नो पालिकाको १३ औँ गाउँ सभाबाट नीति तथा कार्यक्रम पारित गरेको छ । जसमा कृषि खेतीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ । कृषि क्षेत्रलाई व्यावसायिक बनाउँदै रोजगारी सिर्जना र पालिकावासीलाई आत्मनिर्भर बनाउने योजना पालिकाले अगाडि सारेको छ ।
‘खाऔँ आफ्नो बारीको, नखाऔँ सीमापारिको’ भन्ने नारालाई आत्मसात् गर्दै तरकारी र फलफूल खेतीलाई प्राथमिकतामा राखेको छ । पालिकाले फलफूल, तरकारी तथा अन्नबालीको पकेट क्षेत्र पहिचान गरी सघन कृषि क्षेत्र निर्धारण गरेर व्यावसायिक कृषि कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।
कृषि उपजको आयात प्रतिस्थापन गर्न र स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुर्याउने कार्यक्रमलाई गाउँपालिकाले प्राथमिकतामा राखेको पालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले जानकारी दिएका छन् ।
गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक बनाउन र स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउन ‘किसान चौतारी जोतौँ खेतबारी अभियान’ सञ्चालन गर्ने भएको छ। बसाइँसराइ र वैदेशिक रोजगारका कारण गाउँमा खेतीयोग्य जमिन बाँझो रहन थालेपछि आगामी आवको नीति तथा कार्यक्रममा स्थानीय सम्भावनाको खोजी र उजागरका विषय नीति तथा कार्यक्रमको प्राथमिकतामा परेको अध्यक्ष गर्बुजाले बताएका छन् ।
वैदेशिक रोजगारबाट फर्केका युवाले आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई सदुपयोग गर्दै स्वरोजगार र उद्यमशीलता विकासका लागि प्रोत्साहन गर्ने नीति पालिकाले लिएको छ । ‘हामीले ‘युवाको ऊर्जा मालिकाको औजार’ कार्यक्रम अन्तर्गत बाँझो जग्गा सदुपयोगका लागि तालिम, औजार, उपकरण र प्रविधि हस्तान्तरणको कार्यक्रमरु पनि ल्याएका छौँ’, अध्यक्ष गर्बुजाले भने, ‘त्योसँगै सामुदायिक विद्यालयको दिवा खाजामा रैथाने उत्पादनलाई प्राथमिकता दिने नीति बनाएका छौँ ।’
प्रकाशित समय : १२:४८ बजे



















