global ime bank Long Banner Ad

गृहपृष्ठ दोलखाको विगु गाँउपालिकामा ‘हामी नेपाली’को लैगिक हिंसाविरुद्ध जनचेतना कार्यक्रम

दोलखाको विगु गाँउपालिकामा ‘हामी नेपाली’को लैगिक हिंसाविरुद्ध जनचेतना कार्यक्रम

दोलखाको विगु गाँउपालिकामा ‘हामी नेपाली’को लैगिक हिंसाविरुद्ध जनचेतना कार्यक्रम

‘हामी नेपाली’ नेपालको आयोजनामा विगु गाउँपालिकाको सहकार्यमा घरेलु तथा लैङ्गिक हिंसा सम्बन्धी कानूनी जनचेतना कार्यक्रम सम्पन्न भएको छ । हामी नेपाली संस्थाले कार्यक्रममा कानुनी तथा मनोसामाजिक परामर्शसम्बन्धी कार्यक्रम समेत गरेको छ ।

दोलखाको विगु गाउँपालिकाको वडा नं.१ लामबगर र ६ अल्मपोमा घरेलु तथा लैङ्गिक हिंसा सम्बन्धी कानूनी जनचेतना कार्यक्रम गरेको हामी नेपाली संस्थाकी अध्यक्ष उमा तामाङ के.सीले जानकारी दिइन । कार्यक्रममा कानुनी परामर्श, घरेलुहिंसाबाट महिलालाई बेच्नेसँग कानुनीसम्बन्धी जानकारी र मनोसामाजिक परामर्शसम्बन्धी कार्यक्रम समेत गरेको उनले बताइन् ।

साथै, वडा नं १ को खोपाचागुका अध्यक्ष हिरा थामीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हामी नेपाली जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि थामीले यस्तो कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने भनाइ रहेको थिए ।

त्यसैगरी कार्यक्रममा महिला दिदीबहिनीहरुले उत्सुकताका साथ सहभागी भई कार्यक्रम सम्पन्न गराउन सहयोग गरेकोमा विगु गाउँपालिकाको प्रमुख संजीव वली लगायत सम्पूर्ण कर्मचारीहरुलाई हामी नेपाली संस्थालाई धन्यवाद समेत दिएका दिए ।


कार्यक्रममा हामी नेपाली नेपालको अध्यक्ष उमा तामाङ के.सी, महासचिव मनिष चौधरी, कौशिला राई र दोलखाको विगु गाउँपालिकाको वडा नं. १ लामबगर र वडा नं ८ अल्मपोका जनप्रतिनिधि सहभागी थिए ।

यसैगरी, दुई दिने कार्यक्रममा महिलाहरुको उल्लेखनिय सहभागिता रहेको विगु गाउँपालिका प्रमुख संजिव वलीले बताएका थिए । भने, महिला सशक्तिकरणको लागी यस्तो कार्यक्रमहरुको आवश्यकता रहेको विगु गाउँपालिका वडा नं  १ लामबगरका वडा अध्यक्ष रामचन्द्र खड्का बताएका थिए ।

अहिलको अवस्थामा कतिपय महिला कानुनको अज्ञानता, महिला हिंसा र योसँग सम्बन्धीत समस्यमा पीडित हुने गरेको संस्थाकी अधयक्ष तामाङले बताइन् । विभिन्न कारण महिला हिंसामा पर्ने गरेको र योसँग सम्बन्धीत कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रम जेठ २६ र  २७ गते सञ्चालन भएको थियो । कार्यक्रममा दुई वडाका गरी  १ सयभन्दा धेरै महिला सहभागि भएको थिए । उक्त कार्यक्रममा वरिष्ठ समाजसेवी तथा हामी नेपाली नेपालको कोषाध्यक्ष जुना पछाईको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित समय : ११:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु