गृहपृष्ठ घोराही सिमेन्टको आईपीओ प्रकरणमा सेबोनका अध्यक्ष हमालमाथि छानबिन गर्न माग
घोराही सिमेन्टको आईपीओ प्रकरणमा सेबोनका अध्यक्ष हमालमाथि छानबिन गर्न माग
घोराही सिमेन्ट इन्डष्ट्रिको आईपीओ निष्कासन प्रक्रियामा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालमाथि आशंका रहेको भन्दै स्वतन्त्र पुँजीबजार सुधार संघले छानबिन गर्न माग गरेको छ ।
संघले घोराही सिमेन्टको आईपीओ निष्कासन गर्दा सेबोन अध्यक्ष हमालले भ्रष्टाचार गरेको हुनसक्ने भन्दै छानबिन गर्न माग गरेको हो । अध्यक्ष हमालमाथि लागेका आरोपको गहिरो छानबिन गरी भ्रष्टाचारमा संलग्न कुनै पनि व्यक्तिलाई उचित कारबाही गर्न संघले सम्बन्धित निकायसँग माग गरेको छ ।
सिमेन्टसको प्रारम्भिक नियमित आईपीओ आवेदन प्रक्रिया पालना नगरी कुन आधारमा आईपीओ निष्कासनका लागि अध्यक्ष हमालले हस्ताक्षर गरेका हुन् ? त्यसको जवाफ खोज्न संघले आग्रह गरेको छ । घोराहीको आईपीओ स्वीकृती प्रक्रियामा भएको जालझेल, आईपीओको लागि आवेदन पेश गरेको मितिदेखि नै सेबोन अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका हमालविरुद्ध आरोप लाग्दै आएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
संघका अध्यक्ष सुशील कुमा लुनीयाँद्धारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘धितोपत्र बोर्डका अध्यक्ष हमालविरुद्ध लगाइएको भ्रष्टाचारको आरोपले सेबोनेको निष्ठा र समग्र नेपाली पुँजीबजारको विश्वसनीयतामा शंका उत्पन्न गरेको छ र यसले पुँजीबजारको विकास र विस्तारमा धेरै पछाडि धकेल्नेछ ।

प्रकाशित समय : ११:२८ बजे



















