global ime bank Long Banner Ad

गृहपृष्ठ मन्त्री सिंहको निधनमा सुदूरपश्चिम प्रदेशमा शोक बिदा

मन्त्री सिंहको निधनमा सुदूरपश्चिम प्रदेशमा शोक बिदा

मन्त्री सिंहको निधनमा सुदूरपश्चिम प्रदेशमा शोक बिदा

सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा दिएको छ । सवारी दुर्घटनामा आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि सरकारले शोक बिदा दिएको हो ।

मन्त्री सिंहको शोकमा प्रदेशस्थित सरकारी कार्यालयका झण्डा आधा झुकाइनेछ ।

गृह जिल्ला बझाङ गइरहेका बेला मंगलबार केदारस्यूँ गाउँपालिकामा मन्त्री सिंह सवार गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो । दुर्घटनामा सिंहकी पत्नी अमृता र भाउजू जयादेवी सिंहको पनि निधन भएको छ ।

चालक धर्मराज जोशी र निजी सुरक्षा गार्ड दीपक भण्डारीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित समय : ०८:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु